अध्यक्ष ओलीलाई केन्द्रीय सदस्य थापाको ठोस सुझाव


surya-thapa

काठमाडौं, असोज १० गते । नेकपा (एमाले) पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीमा देखिएको गुटगत व्यवहारको अन्त्यको मागगर्दै अध्यक्ष केपी शर्मा ओलीलाई ११ बुँदे सुझाव प्रस्तुत गर्नुभएको छ ।

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवदेनमाथि सुझाव दिंदै उपप्रमुख थापाले त्यस्तो सुझाव पेश गर्नुभएको हो । पार्टीभित्र गुटबन्दीको अन्त्य अत्यावश्यक रहेको सुझाव दिंदै उहाँले भन्नुभएको छ, “कसैले रातदिन गुटबन्दीबाहेक केही नगर्ने, अरुलाई गुटबन्दी नगर्न उपदेश दिने लज्जास्पद रवैयाको अन्त्य हुनुपर्छ ।”

उहाँले भन्नुभएको छ, “कसैले रातदिन गुटबन्दीबाहेक केही नगर्ने, अरुलाई गुटबन्दी नगर्न उपदेश दिने लज्जास्पद रवैयाको अन्त्य हुनुपर्छ ।”

पार्टीको पर्यटन विभागका प्रमुखसमेत रहनुभएका थापाले पार्टीभित्र छलफलमै प्रस्तुत नगरेका निजी विचार बैठकमा प्रस्तुत गरेको भन्दै पत्रपत्रिकामा छरेर कार्यकर्ता र जनतामा भ्रम पैदागर्ने आत्मघाती कदमलाई रोक्न उहाँले आग्रह गर्नुभएको छ । “पार्टीका पदाधिकारीहरु निजी धारणा, कुण्ठा र आवेगले होइन, पार्टीको नीति, निर्णय र फैसलाको पक्षपोषणमा क्रियाशील हुनुपर्छ” सुझावमा थापाले उल्लेख गर्नुभएको छ ।

पार्टी नेताको नाममा प्रतिष्ठान, फाउण्डेशन, केन्द्र आदि आफूखुशी गठन गरी गुटबन्दीको खेलमैदान बनाउने काम पनि बन्द हुनुपर्ने सुझाव उपप्रमुख थापाको छ । पार्टीको स्वीकृतिबेगर खोलिएका त्यस्ता संगठनलाई पार्टीको दायरामा ल्याई देश र जनताको पक्षमा सञ्चालन गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

एमाले केन्द्रीय सदस्य थापाले स्थानीयतहको नयाँ संरचनाको वहसलाई ठोस निस्कर्षमा पु¥याउनेगरी गाउँ र नगरतहको संख्यालाई सकेसम्म कमगरी स्थानीय स्वायत्त शासनको मर्मअनुरुप पुनःसंरचना गरिनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिनुभएको छ ।

तपाईको प्रतिक्रिया