बहुविवाह गरी फरार रहेका अभियुक्त किशोर चौधरी लहानबाट पक्राउ


double-marriage

सिराहा, असोज ११ गते । अदालतबाट बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका एकजना किशोर चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत राजविराजबाट बहुविवाह मुद्दामा गत २०७२ जेठ २७ गते एकवर्ष कैद तथा पाँच हजार रुपियाँ जरिवाना पाएर फरार सिरहाको लहान नगरपालिका–९ निवासी ३२ वर्षीय प्रेम भन्ने किशोरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतको फैसला भएदेखि नै फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय, लहानको टोलीले लहान बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषध ट्याब्लेटसहित प्रहरीले सिरहाको इनर्वा–७ बाट गएराति दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–१७ निवासी २२ वर्षीय उमेश चौधरी र कैलाली उपमहानगरपालिका–६ निवासी २१ वर्षीय समीर विष्ट रहेको प्रहरीले जनाएको छ ।

चौकी ठाँडीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा स ७ प १९०४ नंको मोटरसाइकलको भाइजरमा लुकाएर ल्याउँदै गरेको १५० थान नाइट्रोभेट ट्याब्लेट र ४० थान नाइट्रोसन ट्याब्लेटसहित दुवैजनालाई पक्राउ गरिएको जिप्रका, सिरहाले जनाएको छ ।
बहुविवाह

तपाईको प्रतिक्रिया