टीकापुरका दोसीलाई उन्मुक्ति दिने विषयमा सांसदबीच चर्काचर्की


rajya-comm

काठमाडौं, असोज १२ गते । गत भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटनाका दोसी ठहर हुनेलाई उन्मुक्ति दिने कि नदिने विषयमा सांसदहरुबीच संसदीय समिति बैठकमा चर्काचर्की परेको छ ।

‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दसवर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?’

राज्य व्यवस्था समितिको बुधबार यहाँ बसेको बैठकमा सत्तापक्ष नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रितदलका सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको हो । समिति बैठकमा एमाले सांसदहरु टीकापुर घटनाका दोषी उम्कन नहुने पक्षमा उभिए भने थारु र मधेस केन्द्रितदलका सांसदहरुले राजनीतिक समस्या भएकाले सोहीबमोजिम समाधान गर्नुपर्ने बताएका थिए ।

एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटनालाई राजनीतिक आडमा माफी दिन नहुने बताए । उनले भने, ‘प्रहरीलाई जलाउने र बालक मार्नेको मुद्दा फिर्ता लिन हुँदैन ।’

तर, सत्तापक्ष नेपाली कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । ‘कम्युनिष्टहरु एमाले, माओवादीको सशस्त्र संघर्ष होस् या २००७ सालको जनक्रान्ति किन नहोस् सबै घटना राजनीतिक नै हो, राजनीतिकरुपमै हल गर्नुपर्छ ।’

‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दसवर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?’

कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गरे ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सांसद रामजनम चौधरीले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘टीकापुर घटनाका मुद्दा फिर्ताको सम्बन्धमा ओली नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाउने भने तर सरकारबाट बाहिरिनेबित्तिकै कुरा फेर्ने, यो दोहोरो चरित्र भएन र ?’

कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गरे ।

‘पहाडमा कुरा उठ्नेबित्तिकै पूराहुने तर तराई र कैलालीका जनताको माग सम्बोधन गर्न राज्यलाई किन यत्रो अप्ठ्यारो’ उनले आक्रोश पोखे । टीकापुर घटनाका बेला थारुहरुको घर गृहप्रशासनको आडमा जलाएको आरोप लगाउादै सांसद चौधरीले भने, ‘गृहमन्त्री वा प्रहरीमाथि कसलाई कारबाही गर्ने ?’

समिति बैठकमा उपस्थित गृहमन्त्री विमलेन्द्र निधिले भने सरकार र आन्दोलनरत पक्षबीच छलफल र घटनाका विषयमा अनुसन्धान भइरहेकोले उपयुक्त निष्कर्ष निकालिले बताए । पीडितलाई न्याय दिन र पीडकलाई दण्ड दिन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री निधिले भने, ‘टीकापुर घटनाका दोषी उम्कँदैन, निर्दोष फस्नु हुँदैन’ गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकको ज्यान गएको थियो ।

चौधरीले झुठ बोलेः ओली
एक बालकसहित आठजना सुरक्षाकर्मीको ज्यान लिनेगरी भएको कैलाली, टीकापुरको घटनाका दोषिहरुको मुद्दा फिर्ता लिने प्रक्रिया केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढिसकेको भन्ने फोरम लोकतान्त्रिकका महासचिव एवं सांसद रामजनम चौधरीको भनाईको एमाले अध्यक्ष ओलीले खण्डन गरेका छन् ।

ओलीले आज ट्विट् गर्दै भनेका छन्– ‘टीकापुर घटनाजस्ता जघन्य अपराधका कुनै पनि मुद्दाहरु मेरो कार्यकालमा फिर्ता लिने निर्णय नभएको प्रष्ट पार्दछु ।’

संसदको राज्यव्यबस्था समितिको आजको बैठकमा ओली सरकारका स्वास्थ्यमन्त्री समेत रहेका चौधरीले टीकापुर घटनाको मुद्दा फिर्ता सम्बन्धी आधा काम अघिल्लो सरकारकै पालामा अघि बढिसकेको बताएका थिए ।

तपाईको प्रतिक्रिया