रेशम चौधरीलाई प्रचण्डले भेट्दा ओलीलाई किन आपत्ति? चौधरी


yogendra-chaudhari

काठमाडौं, असोज १४ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले भारतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाली घटनाका फरार भनिएका अभियुक्त रेशम चौधरीसँग भेटदा एमाले अध्यक्ष केपी शर्मा ओलीको किन टाउको दुखाई भनी प्रश्न गर्नुभएको छ ।

व्यवस्थापिका संसदको विशेष समयमा शुक्रबार बोल्दै सांसद चौधरीले त्यस्तो प्रश्न गर्दै रेशम चौधरीसँग प्रधानमन्त्री प्रचण्ड भेट्नु सामान्य विषय भएको तर्क गर्नुभयो । प्रधानमन्त्री प्रचण्डसँग थारु र मधेसी सांसद पनि भारत भ्रमणमा रहेका बेला थाहा पाएर रेशम भेटन आएका हुन् चौधरीले भन्नुभयो ।

थारु आन्दोलन चर्केका बेला एक योजनाकारमध्ये सांसद रामजनम चौधरी पनि रहेको तर उहाँलाई ओलीले आफ्नै प्रधानमन्त्रीत्वकालमा क्याविनेटको सदस्य बनाउन हुने, प्रचण्डले रेशम चौधरीलाई किन भेटन नहुने सांसद चौधरीले जिज्ञासा गर्नुभयो

डिनरमा थारु अधिकारका लागि जम्मा भएका थारु अधिकारकर्मीहरु प्रधानमन्त्रीसँग भेटेको भन्दै राजकीय भ्रमणमा जाँदा को को फरार व्यक्तिहरु हुन भनि लिष्ट लिएर जानुपर्ने भनि उहाँले प्रश्न गर्नुभएको थियो ।

ओलीलाई अरुको विषयमा आलोचना गर्ने गरेपनि आफैं कतिपय अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिसँगको भेटघाट गरेको आरोप सांसद चौधरीले लगाउनुभयो । ‘अब यस्ता विषयमा विवादको विषय नबनाउन माग गर्छु चौधरीले भन्नुभयो। यस विषयमा ओलीलाई के को आपत्ति ?,’ चौधरीले प्रश्न गर्नुभयो ।

reshan_prachan-vet

थारु आन्दोलन चर्केका बेला एक योजनाकारमध्ये सांसद रामजनम चौधरी पनि रहेको तर उहाँलाई ओलीले आफ्नै प्रधानमन्त्रीत्वकालमा क्याविनेटको सदस्य बनाउन हुने, प्रचण्डले रेशम चौधरीलाई किन भेटन नहुने सांसद चौधरीले जिज्ञासा गर्नुभयो ।

तपाईको प्रतिक्रिया