टीकापुरका पीडितको पीडा प्रधानमन्त्रीले सुनेनन्, पीडितको नाराबाजी


prachand

शेरबहादुर ऐर
टीकापुर, असोज १६ गते । टीकापुर घटनामा पक्राउ परेका आरोपीतका आफन्तहरुले प्रधानमन्त्रीले आफनो कुरा नसुनेको भन्दै विरोध गरेका छन् । प्रधानमन्त्रीले कुरा नसुनेपछि पीडितले कार्यक्रमस्थलमै नाराबाजी गरेका थिए ।

शनिबार रानीजमरा कुलरिया सिचाई आयोजनाको निरिक्षण गर्न आएका प्रधानमन्त्री दाहालसमक्ष आरोपीतका आफन्तहरुले ज्ञापनपत्र बुझाउने पुर्वनिर्धारित कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्रीले समय अभाव देखाउ“दै उनीहरुको ज्ञापनपत्र बुभ्mन मानेनन्  प्रधानमन्त्री दाहालले उनीहरुको ज्ञापनपत्र नबुझेपछि उनीहरुले कार्यक्रमस्थलमै नारा जुलुश र रुवाबासी गरेका थिए ।

‘प्रधानमन्त्रीले हाम्रो पीडा सुन्लान भनेर यहा“ आएका थियौं’ टीकापुर घटनामा पक्राउपरेका सन्त चौधरीकी श्रीमती यमुना चौधरीले भनिन् ‘तर, उनले आप्mनो कुरा प्रधानमन्त्रीले पनि सुनेनन् ।’ उनले आफुलाई अहिले छोराछोरीको पालनपोषण गर्न पनि समस्या भएको र सरकारले केही राहात दिने आश्वासन दिन्छ कि भन्ने आशाले आएको थिए तर, हाम्रो पीडा नै सुनेनन् । उनले सरकारमा रहेको कसैले पनि आफनो पीडा नसुनेकोप्रति दुःख व्यक्त गरिन् ।

उनीमात्र होईन टीकापुर घटनामा पक्राउ परेका आरोपीतका सबै आप्mन्तहरु सो कार्यक्रममा उपस्थित थिए तर, उनीहरुलाई प्रधानमन्त्रीले ध्यान नै नदिएपछि उनीहरुले सडकमै रुवाबासीसंगै नाराबाजी गरेका थिए ।

tikapur

निरिक्षणको नाममा झारा टराई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रानीजमरा कुलरिया सिचाई आयोजनाको निरिक्षण शनिबार झारा टार्ने हिसाबले गरेका छन् । प्रधामन्त्री दाहालले आयोजनाको छ उपआयोजनाको निरिक्षण गर्ने र आयोजना प्रमुखले आयोजनाको विस्तृत प्रस्तुती गरेर जानकारी दिने कार्यक्रम तय भएको थियो तर, प्रधानमन्त्री दाहालले मुलनहर बाहेक कुनै उपआयोजनाको निरिक्षण गरेनन् ।

प्रधानमन्त्रीलाई आयोजनाको विस्तृत जानकारी दिन राखिएको कार्यक्रममा पनि आयोजनाका प्रमुख शुशिलचन्द्र आचार्यले आयोजनाको प्रस्तुति गर्नै पाएनन् । आयोजनाको जानकारी दिन गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई मिनेटको मन्तव्य राखि कार्यक्रमको समापन भएको थियो ।

प्रधानमन्त्री दाहाल एक बजे टीकापुर पुग्ने र रानीजमरा अन्तर्गतका छ उपआयोजनाको निरिक्षण गर्ने कार्यक्रम तयभएको थियो । प्रधानमन्त्री झण्डै तीन बजेतिर पुगेपछि समय अभावकाकारण आयोजनाको निरिक्षण पुर्वनिर्धारित कार्यक्रमअनुसार गर्न नसकेको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल एक बजे टीकापुर पुग्ने र रानीजमरा अन्तर्गतका छ उपआयोजनाको निरिक्षण गर्ने कार्यक्रम तयभएको थियो । प्रधानमन्त्री झण्डै तीन बजेतिर पुगेपछि समय अभावकाकारण आयोजनाको निरिक्षण पुर्वनिर्धारित कार्यक्रमअनुसार गर्न नसकेको जनाइएको छ ।

आयोजना प्रमुख आचार्यले प्रधानमन्त्री दाहाललाई आयोजनाका बारेमा जानकारी दिन सम्पूर्ण कागजपत्र, प्रगति विवरण, आयोजनाको विस्तृत जानकारी तयार गरेर राखेका थिए तर, उनले आयोजनाको बारेमा कुनै जानकारी प्रधानमन्त्री दाहाललाई दिन पाएनन् ।

ऐमाओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले बर्दियाको खोल्टिबजारमा आयोजित पुर्व मन्त्री तथा माओवादी नेता स्वर्गीय रामचरण चौधरीको बार्षिक स्मृतीसभामा सहभागि भएकाले टीकापुरमा ढिला पुगेका थिए । दाहालले पहिले रानीजमरा कुलरिया सिचाई आयोजनाको निरिक्षण गरेर बर्दिया जाने कार्यक्रम तय थियो तर, उनी पहिले बर्दिया पुग्दा आयोजनाको निरिक्षण र जानकारी नलिई हतारमा काठमाण्डौ फर्किए । यसरी पुर्व निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्रीले काम नगर्दा कर्मचारीहरु पनि निराश थिए ।

कुल १२ अर्व ६३ करोड २१ लाख अनुमान लागत रहेको आयोजनामा हालसम्म ४८ प्रतिशत बजेट खर्च भईसकेको आयोजना प्रमुख आचार्यले जानकारी दिए । आयोजनामा नेपाल सरकारको सात अर्व सात करोड ६० लाख, विश्व बैंकको पा“च अर्व ५० करोड ७० लाख र जल उपभोक्ताको १० करोड लगानी रहेको छ ।

आयोजनाबाट आठवटा गाविस र एक नगरपालिकाका २५ हजार ६१ घरधुरी र एक लाख ६० हजार छ सय ११ जनसंख्या लाभान्वीत हुने र २० हजार तीनसय हेक्टर जमिनमा वर्षैभरी सिचाई सुविधा पुर्याई कृषि उत्पादन बढाउने र राष्ट्रिय बृद्धिगर्ने उद्देश्य रहेको प्रमुख आचार्यले जानकारी दिए ।

अहिले मुल नहरको काम पुरा भईसकेको र विद्युत उत्पादन निर्माण कार्यलाई तिव्ररुपमा अघि बढाईएको छ । आयोजनाबाट चार दशमलब ८८ मेगावाट विद्युत उत्पादन गरिने छ । अहिले विद्युत उत्पादनका लागि रुख काट्ने र नहर खन्ने र माटो निकाल्ने काम भईरहेको छ । उनले पुल, कलभर्ट, कृषि सडक स्तरोन्नती तथा फिडर नहर लाईनिंग निर्माण कार्य पनि भईरहेको जानकारी दिए ।

laxman-tharu

काम समयमै सम्पन्न गर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहालले रानी जमरा कुलरीया सिचाई आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । दाहालले आयोजनाको मुल नहरको निरिक्षण गरेपश्चात आयोजना गरिएको एक कार्यक्रममा उनले रानीजमराको काममा आर्थिक कमी हु“दैन्, कामलाई तिव्ररुपले अघि बढाउनुहोस् र तोकेको समयमा काम सम्पन्न गर्नुहोस् ।

निर्माणकार्यको अबधी अब दुईबर्ष मात्र बाकी रहेको र अझै धेरै काम गर्न बा“की रहेकाले निमार्ण कार्यलाई तीव्ररुपमा अघि बढाउन उनले निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले हिन्दुहरुको महानपर्व विजया दशमी नजिकिएकोले बजारमा हुने मह“गी, कालोबजारी लगायतका क्रियाकलापलाई रोकेर स्थानियलाई सहजता दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए । ‘दशै आएको छ, बजारमा मह“गी हुन नदिनुहोस् यात्रुहरुलाई सहज यात्राको व्यवस्था गराउनुहोस् ।’

एमाओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले संबिधान कार्यान्वयनलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए । देशले नया“ संविधान जारी गरेको एक वर्षभन्दा बढी भईसकेको छ, तर स्थानियलाई अनुभुति दिनेगरि संविधान कार्यान्वयन हुनसकेको छैन उनले भने ‘संविधान कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउनुहोस् ।’ उनले स्थानिय पुन संरचनाको काम पनि छिटै टुंगो लगाई निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया