कृषिमन्त्री चौधरीको हातबाट वि.क. उत्कृष्ट कालिगडमा सम्मानित

ram-sharan-b

काठमाडौं, असोज १६ गते । नागरिक एकता समाजले रामशरण वि.क.लाई उत्कृष्ट कालिगडकोरुपमा सम्मान गरेको छ । तीन दशक अगाडिदेखि कालिगडको काम प्रारम्भ गरेका वि.क.लाई एक समारोहका बीच कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सम्मान गर्नुभएको हो ।

नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले कालिगडको क्षेत्रमा वि.क.ले पु¥याएको योगदान मुलुककै लागि उदाहरणीय भएकोले सम्मान गरिएको जानकारी गराउनुभयो । मन्त्री चौधरीले कालिगडको क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व वि.क.लाई सम्मान गर्न पाउँदा आफुपनि सम्मानित भएको अनुभूति भएको छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिम्सिना, जलस्रोतविद् डा. डम्बर नेपाली, स्त्रीरोग विशेषज्ञ डा. मीरा हाडा, डा. दिर्घसिंह बमलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रोचरणमा विशेष साँस्कृतिक कार्यक्रमसहित दशैं तिहारको सन्दर्भमा शुभकामना आदान प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया