कात्तिकदेखि कैलालीको धनगढीबाट सिकलसेल रोगको परीक्षण हुने


sickle-cell-anemia-test

धनगढी, असोज १६ गते । सेती अञ्चल अस्पतालमा सिकलसेल चेकजाँच गर्ने मेसिन आइपुगेपछि कैलालीको धनगढीमा कात्तिक दोस्रो साताबाट सिकलसेल रोगको परीक्षण हुने भएको छ । सरकारले अस्पताललाई सिकलसेल उपचार गर्ने भनेर तोकेको करिब दुई वर्षपछि जेकजाँच गर्ने मसिन पठाएपछि रोगको परीक्षण हुनेभएको हो ।

यसअघि, सेती अञ्चल अस्पतालमा सिकलसेल जाँचगर्ने मेसिन नहुँदा विरामी उपचारमा ढिलाई हुने गरेको थियो । रोग चेकजाँचकालागि काठमाण्डौं रगत पठाउनु पर्ने बाध्यता रहेको थियो ।

मेसिन आइसकेकाले अब सिकलसेल उपचारमा हुने ढिलासुस्ती हट्ने अस्पतालका सिकलसेल फोकल पर्सन यशोदा ढकालले बताउनुभयो । उनले रगत जाँचकालागि काठमाण्डौं पठाउने बाध्यता थियो ।

सिकलसेल परीक्षणको मेशिन धनगढीमै आएपछि यहाँका थारु समुदाय खुशी व्यक्त गरेका छन् । सिलसेल एनिमिया रोग थारु समुदायमा मात्र लाग्ने रोग हो ।

मेशिन आएपछि अब रोग परीक्षणमा समस्या नरहने र विरामी उपचारमा सहज हुने ढकालले बताउनुभयो । सेती अञ्चल अस्पतालमा दर्ता भएअनुसार अहिले कैलालीमा २०६ जना सिकलसेलका विरामी रहेको जनाइएको छ ।

चेकजाँच गर्ने मेसिन आएसंगै थप विरामी पत्ता लगाउन सजिलो हुने अस्पतालले जानकारी दिएको छ । यस्तै, सरकारले सोही अस्पतालमा दुईवटा डाइलेसिस मेसिन पनि पठाएको छ ।

डाइलेसिस मेसिनले मृगौला खराब भएका विरामीको उपचार गरिन्छ । डाइलेसिस मेसिन आएसंगै मृगौलाको विरामी उपचारमा पनि सहज हुने र बाहिरजाने बाध्यता नरहने बताइएको छ । सिकलसेल परीक्षणको मेशिन धनगढीमै आएपछि यहाँका थारु समुदाय खुशी व्यक्त गरेका छन् । सिलसेल एनिमिया रोग थारु समुदायमा मात्र लाग्ने रोग हो ।

तपाईको प्रतिक्रिया