थारुको मागमुद्दा सम्बोधन नभए अर्को विद्रोह हुन्छः थारु सांसदहरु


yogendra

काठमाडौं, असोज १८ गते । सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसदले थारुहरुको माग सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? सांसद चौधरीले प्रश्न गर्नुभयो ।

थारु मधेसीको मागलाई बेवास्ता नगर्न सचेत गराउँदै फोरम लोकतान्त्रिका सांसद चौधरीले भन्नुभयो, ‘टीकापुर घटनालाई लिएर विभिन्न तहहप्कामा बहस भए । यदि थारुहरुका बारेमा सरकारले सकारात्मक निर्णय लिएन भने थप विद्रोह हुने सम्भावना छ ।’

सरकार गठन भएको दुई महिनासम्म संविधान संशोधन त परै जाओस्, सरकार आफैंले पूर्णता पाउन नसकेको भन्दै उहाँले सरकार संविधान संशोधन गर्न हच्किएको आशंका व्यक्त गर्नुभयो । उहाँले यदि संविधान संशोधन नभए स्थानीय तहसहितका कुनै पनि चुनाव हुन नसक्ने चेतावनी दिनुभयो ।

थारु मधेसीको मागलाई बेवास्ता नगर्न सचेत गराउँदै फोरम लोकतान्त्रिका सांसद चौधरीले भन्नुभयो, ‘टीकापुर घटनालाई लिएर विभिन्न तहहप्कामा बहस भए । यदि थारुहरुका बारेमा सरकारले सकारात्मक निर्णय लिएन भने थप विद्रोह हुने सम्भावना छ ।’

०५२ सालमा माओवादीको ४२ बुँदे मागलाई वेवास्ता गर्दा मुलुक १० वर्ष विद्रोह खेप्नुपरेको भन्दै उहाँले मधेस र थारुलाई बेवास्ता गरे मुलुक थप संकटमा जाने र संविधान नै धरापमा पर्ने चेतावनी दिनुभयो ।

थरुहट तराई पार्टीकी सांसद गंगा सत्गौंवा चौधरीले टीकापुर घटनालाई लिएर निर्दोष व्यक्तिहरुलाई जेलमा राखिएको भन्दै विनाशर्त रिहा गर्न माग गर्नुभयो । साथै उहाँले संविधान संशोधन गरेर थारु तथा मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया