पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम


pesagat

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेपाल सांस्कृतिक रुपले धनी देश भएपनि त्यसको संरक्षण र सम्बद्र्धनमा सरकार लाग्न नसकेको बताउनुभएको छ । सांस्कृतिक पक्ष नै नेपालको साझा पहिचान भएको बताउँदै उहाँले संरक्षणमा सबैलाई लाग्न आव्हान गर्नुभयो ।

पेशागत महासंघ नेपालको दशैं तिहार, नेपाल सम्बत र छठको अवसरमा यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो । नेपालको जातीय विविधता तथा सामाजिक सांस्कृतिक पक्षले सबैलाई एकताको सूत्रमा बाँध्न सम्भव भएको सचिव विष्टले तर्क गर्नुभयो ।

सांस्कृतिक पक्ष नै नेपालको साझा पहिचान भएको बताउँदै उहाँले संरक्षणमा सबैलाई लाग्न आव्हान गर्नुभयो ।

महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले आइरहेको दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका पर्वको अवसरमा सबैमा शुभकामना व्यक्तगर्दै प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा सांसद प्रभादेवी ब्रजाचार्य, महासंघकी उपाध्यक्ष उदया शर्मा, महासंघ जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुली, ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेल, ट्रेड युनियन फेडरेसनका गंगाराम खड्गी, जनसांस्कृतिक महासंघका कृपामान धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया