प्रधानमन्त्री प्रचण्डले धोका दिए समर्थन फिर्ता लिन्छौंः नेता रेखा यादव


rekha-yadav-pic

काठमाडौं असोज १९ गते । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले दशै अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने माग गर्नुभएको छ । त्यस्तो नभए परिणाम ठीक नहुने उहाँले चेतावनी दिनुभएको छ ।

तीन सुत्रिय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्धताअनुसार दशै अघि नै संशोधन दर्ता हुनुपर्छ भन्दै यादवले भन्नुभयो, त्यसो नभए गठबन्धनप्रति धोका हुन्छ ।

‘सहमतिअनुसार दशैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगरेर सरकारले धोका दिएको छ’– बुधबार काठमाडौंस्थित आफ्नै निवासमा संचारकर्मीहरुसँग कुरागर्दै फोरम नेपालकी नेता यादवले भन्नुभयो, ‘संविधान संशोधनका लागि हामीले प्रचण्डमाथि विश्वास गरेर समर्थन गरेका थियौं तर, अनेक बहानामा भुलाएर धोका दिनुभएको छ । यसको परिणाम ठीक हुन्न ।’

फोरम नेपालको राजनीतिक समिति सदस्य समेत रहेकी नेता यादवले भन्नुभयो,– ‘प्रचण्डले यसरी धोखाधडी गर्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानु बाहेक हामीसँग अर्को विकल्प हुन्न ।’

प्रधानमन्त्री निर्वाचनमा समर्थन लिने तर सहमतिअनुसार संशोधन प्रक्रिया अगाडि नबढाउनु कांग्रेस र माओवादी केन्द्रले धोकादिन खोजेको यादवको आरोप छ । संघीय गठबन्धन र सरकारबीच तीनबुँदे सहमति भएको दुई महिना भइसक्दा पनि संशोधन प्रस्ताव दर्ता नहुनु गम्भीर षड्यन्त्र भएको उहाँले आशंका व्यक्त गर्नुभयो ।

‘संशोधन प्रस्ताव दर्तामा ढिलाई हुँदा प्रचण्डको नियतमाथि नै शंका लागेको छ’– फोरम नेपालको राजनीतिक समिति सदस्य समेत रहेकी नेता यादवले भन्नुभयो,– ‘प्रचण्डले यसरी धोखाधडी गर्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानु बाहेक हामीसँग अर्को विकल्प हुन्न ।’

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले संशोधनमा सहमति जुटाउनकै लागि अमेरिका भ्रमण रद्द गरी दशै अघिनै संशोधन प्रस्ताव संसदमा लैजाने आश्वासन दिएका थिए । तर, प्रचण्डको प्रतिबद्धताअनुसार सहमति कार्यान्वयन नहुँदा मधेशी मोर्चा र संघीय गठबन्धन असन्तुष्ट बनेको छ ।

तपाईको प्रतिक्रिया