पढ्न अप्ठेरो भन्दै छात्रवृत्ति रकम बढाउन माग गरे मुक्त कमलरीले


2

दाङ, असोज २१ गते । मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीको शिक्षाका लागि दिँदैआएको छात्रवृत्ति रकम बढाउन माग गरेको छ । सरकारले दिँदै आएको छात्रवृत्तिले पढाइ सञ्चालन गर्न अप्ठेरो भएको भन्दै रकम बढाउन माग गरेको हो ।

मञ्चले बिहीबार दाङको घोराहीमा पत्रकारसम्मेलन गर्दै आर्थिक अभावकै कारण बितेको शैक्षिकसत्रमा पाँचसय छजना छात्राले विद्यालय छाडेको भन्दै मञ्चले छात्रवृत्ति रकम बढाउन माग गरेको हो । आर्थिक अभावकैकारणले सुरुवातीमा करिब सातहजार बालिका विद्यालय भर्ना भएपनि अहिले आधा जतिले पढाइ छोडेको मञ्चका अध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कक्षा ३ मा ११, कक्षा ४ मा ३२, कक्षा ५ मा ९५, कक्षा ६ मा दुईसय सात र कक्षा ७ मा दुई सय २६ बालिकाले पढ्दै आएको मञ्चले जनाएको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कक्षा ३ मा ११, कक्षा ४ मा ३२, कक्षा ५ मा ९५, कक्षा ६ मा दुईसय सात र कक्षा ७ मा दुई सय २६ बालिकाले पढ्दै आएको मञ्चले जनाएको छ ।

यस्तै, मञ्चकाअनुसार कक्षा ८ मा पाँचसय ११, कक्षा ९ मा पाँचसय ३९, कक्षा १० मा सातसय १०, प्लस टूमा चारसय ६३, स्नातकमा एकसय २८ र स्नातकोत्तरमा दुई गरी जम्मा तीन हजार चारसय ९७ जना मुक्त कमलरी बालिकाले पढ्दै गरेका छन् ।

सरकारले मुक्त कमलरी छात्राकालागि १ देखि ८ कक्षासम्म एक हजार पाँच सय रुपियाँ दिँदै आएकोमा बढाएर चार हजार पु¥याउनुपर्ने मञ्चले माग गरेको छ ।

त्यसैगरी, कक्षा ९ र १० मा एक हजार आठसय रुपैयाँ दिँदै आएकामा सात हजार रुपैयाँ पु¥याउनुपर्ने, ११ र १२ कक्षामा दिँदै आएको पाँच हजार रुपैयालाई बढाएर १३ हजार रुपैयाँ पु¥याउनुपर्ने माग गरेको छ । त्यस्तै, कक्षा १२ देखि माथि १० हजार रुपैयाँ दिँदै आएकोमा अब बढाएर २० हजार रुपैयाँ पु¥याउनुपर्ने माग आफूहरुको रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

दाङसहितका विभिन्न जिल्लामा छवटा आवासीय व्यवस्था गरी चारसय घरबार र अभिभावकविहीन बालिकालाई राखेर पढाउने व्यवस्था गरिएको मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया