थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो

तिहारपछि आन्दोलन चर्काउने तयारी


sam_7243

धनगढी, कात्तिक २ गते । आफन्त भेटघाट गर्ने कैलाली कारागारको मुलगेटमा राजबन्दी लक्ष्मण थारु छाता तानेर आफ्ना दुई छोराहरुसँग कुरा गरिरहेका थिए । असोज ४ गते केन्द्रीय कारागारबाट धनगढी सारिएका थारुले जेलभित्रको र घरको समस्या व्यवस्थापनमा परामर्स गर्दैथिए ।

गतसाल भाद्र ७ को टीकापुरको दुःखद् घटनापछि आशंकामा पक्राउ परी कैलाली कारागारमा रहेका थारुसहित अहिले २३ जना राजबन्दी कैद छन् । र्दुइजना बालक राजबन्दीलाई पोखराको बालगृहमा राखिएको छ । राजबन्दीको अवस्थाबारे बुझ्न कारागार पुग्दा लहरै मूलगेटमा तीनजना राजबन्दीहरु बसेर समस्याको पोको फुकाए ।

०६४, ०६५ मा थारु आन्दोलन उठ्दा नेतृत्व गरेका लक्ष्मण थारुले कैदभित्र आफू भएपनि कुनै समस्या नभएको बताए । घरको केही समस्या र बालबच्चाको पढाई लेखाईको व्यवस्थापनमा केही कठिनाई भएपनि आफूलाई जेलभित्र केही अप्ठेरो महुशस नभएको तर्क गरे ।

“हामी निर्दोष छौं, सरकारले कतिन्जेल भित्र कोचेर राख्छ हामी पर्खदैछौं, न्यायीक फैसला दलका नेताहरुले नगरे अन्ततः थारु आन्दोलन पुनः उठ्नुको विकल्प छैन” थारुले भने ।

“हामी निर्दोष छौं, सरकारले कतिन्जेल भित्र कोचेर राख्छ हामी पर्खदैछौं, न्यायीक फैसला दलका नेताहरुले नगरे अन्ततः थारु आन्दोलन पुनः उठ्नुको विकल्प छैन” थारुले भने । “आन्दोलनको तयारी भैरहेको छ अब उठ्ने आन्दोलनको नेतृत्व राजबन्दीका परिवारका सदस्यले नै गर्नेछन्” थारुले भने ।

नेता थारुले घटनाको न्यायिक छानविन गर्न सरकारसँग माग गरे । “घटनाको निश्पक्ष छानविन होस्, हामी दोसी ठहरे जस्तोसुकै कारवाही भोग्न तयार छौं तर निर्दोषलाई यसरी बन्दी बनाएर सरकारले अर्को अपराध गरिरहेको छ” थारुले भने । घटना राजनीतिकरुपले घटाइएकाले त्यसको समधान पनि राजनीतिकरुपमै हुनुपर्ने बताउँदै राजबन्दी थारुले सरकारले न्याय नगरे थारुले नै आन्दोलन मार्फत् न्याय गर्ने चेतावनी दिए ।

अर्का राजबन्दी लाहुराम चौधरीले घटनामा आफूहरुको संलग्नता नरहे पनि आशंकाकै भरमा जेलभित्र कोच्नु सरकारले गद्दारी गरेको बताए । निश्पक्ष छानविन होस् भन्ने हामी पनि चाहन्छौं तर सरकारले न छानविन गर्छ न त स्थलगत प्रतिवेदन नै सार्वजनिक गर्छ के गर्न खोजेको हो थाहा छैन चौधरीले भने । जेलभित्रको बसाई खासै सकस नभएपनि घर परिवार र बैंकको ऋणले आफूलाई सबैभन्दा वढी पीडित बनाएको चौधरीले भने ।

त्यस्तै अर्को राजबन्दी रामप्रसाद थारुले आन्दोलन गर्न पाउनु लोकतन्त्रमा सबैको हक भएपनि थारुको आन्दोलनलाई सरकारले दवाउने प्रयास गरेकोमा आपत्ति जनाए । “थारुको आन्दोलन दबाएर खुम्चिदैन बल्की अब झन ठूलो आकार लिएर उठ्छ” उनले भने । आन्दोलनको तयारी भइरहेको बताउँदै थारुले भने “अहिले थारु समुदाय धान काट्ने र स्याहार्ने काममा व्यस्त रहेकाले तिहारपछि आन्दोलन उठ्छ । त्यसको तयारी भइरहेको छ ।”

“थारुको आन्दोलन दबाएर खुम्चिदैन बल्की अब झन ठूलो आकार लिएर उठ्छ” उनले भने । आन्दोलनको तयारी भइरहेको बताउँदै थारुले भने “अहिले थारु समुदाय धान काट्ने र स्याहार्ने काममा व्यस्त रहेकाले तिहारपछि आन्दोलन उठ्छ ।

सरकारले छानविन पनि गर्न नसक्ने, ७ गतेको घटनामा दोसी ठहर गरी थारुलाई कारवाही गर्ने तर ८ गते थारुको घर जलाउने गैरथारुलाई देख्दादेख्दै आँखाचिम्लिने कामप्रति थारुले दुःख व्यक्त गरे । सरकारले कारवाही नगरे थारु समुदायले स्वयम् भविष्यमा कारवाही गर्ने चेतावनी उनले दिए । सरकारले समस्या समाधानभन्दा झन चर्काउने काम गरेको बुझाई उनको छ ।

मानवअधिकार र नागरिक भलाईको क्षेत्रमा लामो समयदेखि कार्यरत इन्सेकका क्षेत्रीय संयोजक खडगराज जोशीले टीकापुर घटना आफैमा दुःखद भएपनि त्यसको सही व्यवस्थापनमा लाग्न जरुरी रहेको बताउनुभयो । स्थानीयरुपमा भन्दा पनि केन्द्रीय तहबाटै घटनाको निश्पक्ष छानविन गरी व्यवस्थापनमा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
भाद्र ७ गतेको घटना निकै दुःखद हो, त्यस सँगसँगै ८ गतेको आगजनीको घटना पनि त्यतिकै दुःखद छ, त्यसको पनि छानविन गरी दोसीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्छ संयोजक जोशीले भन्नुभयो ।

आन्दोलन चर्काउँछौः थारु अगुवा
थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले तिहारपछि आन्दोलन चर्काउने तयारी देशव्यापीरुपमा भइरहेको बताए । धनगढीमा केही थारु अगुवाहरुसँगको छलफलपछि अध्यक्ष थारुले त्यस्तो बताए ।

“अहिले थारु समुदाय धान काट्नमा व्यस्त छ, तिहारसम्म धान काटेर सकिन्छ त्यसपछि आन्दोलन शुरुहुन्छ” अध्यक्ष थारुले भने “सरकारले हाम्रो माग मुद्दा सम्बोधनमा चासो दिएन अब आन्दोलनको विकल्प छैन ।” अबको आन्दोलन टीकापुरका राजबन्दीलाई रिहाई गर्नेमात्र नभई संविधानका कमजोरीलाई संशोधन गरेर सम्बोधनकालागि समेत दवाव दिने अध्यक्ष थारुले बताए ।

“पहिलो काम वार्ता र छलफल मार्फत समस्या समाधान खोज्ने हो, त्यसबाट सम्बोधन नभए आन्दोलन अर्को बाटो हो, त्यो थारुसँग सुरक्षित छ” चौधरीले भने ।

काठमाडौंसहित थारु जिल्लामा एकसाथ आन्दोलन उठ्ने र थारुको माग सम्बोधन नभए थारु, मधेसी, आदिबासी जनजाति, मुश्लिमको संयुक्त आन्दोलन चर्काएर देशलाई ठप्प पार्ने अर्को तयारी संघीय गठबन्धनभित्र भइरहेको उनले बताए । टीकापुर घटनापछि आशंकाका भरमा पक्राउ परेकाहरुको तत्काल रिहाई नगरे त्यसले झन समस्या बल्झाउने उनको बुझाई छ ।

थारु अगुवा दिलबहादुर चौधरीले थारुको माग मुद्दामा सरकार र राजनीतिकदल सकारात्मक नदेखिएकाले आन्दोलनको बाटो बाहेक अर्को विकल्प नरहेको बताए । “पहिलो काम वार्ता र छलफल मार्फत समस्या समाधान खोज्ने हो, त्यसबाट सम्बोधन नभए आन्दोलन अर्को बाटो हो, त्यो थारुसँग सुरक्षित छ” चौधरीले भने ।

आन्दोलनको तयारी भइरहेको र थारु अगुवाहरु अहिले गाउँ गाउँमा आन्तरिक छलफल र वातावरण बनाउनमा जुटेको पनि चौधरीले बताए । थारु नागरिक समाजका संयोजक समेत रहेका चौधरीले तिहारपछि आन्दोलन चर्कने जनाउ दिए ।

तपाईको प्रतिक्रिया