संसदको महाअभियोग समितिमा अमनलाल मोदी थारु सदस्य चयन


amanlal

काठमाडौँ, कात्तिक ३ गते । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । त्यसमा माओवादी केन्द्रबाट अमनलाल मोदी थारु सदस्य चयन भएका छन् ।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकामा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य छन् ।

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको  हो । संविधानअनुसार उक्त समिति ११ सदस्य छन् ।

उक्त समितिमा नेपाली काँग्रेसबाट चार, नेकपा एमालेबाट चार, माओवादीबाट दुई र राप्रपा नेपालबाट एकजना सदस्य रहेका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फर्मुल्ला मन्सुर, दीपकप्रसाद कुइँकेल, कुमारी लक्ष्मी राई, नेकपा (एमाले) का केशव बडाल, रेवतीरमण भण्डारी, पार्वत गुरुङ, सुशीला नेपाल, नेकपा (माओवादी केन्द्र) का रामनारायण बिडारी, अमनलाल मोदी थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरी रहनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै मंगलबार संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया