कैलालीको आधादर्जन नगरपालिका प्रमुख विहिन, सेवाग्राही सास्तीमा


sam_7246

लक्की चौधरी
धनगढी, कात्तिक ४ गते । धनगढी –४, बोराडाँडी निवासी शिवबहादुर बम धनगढी उपमहानरपालिका कार्यालयको एक कोठामा मुर्मुरिदै   थिए । एक कर्मचारीलाई गुनासो गर्दै भेटिएका बमले दश दिनदेखि कार्यालयमा भौतारिदासमेत कार्यकारी अधिकृतलाई फेला नपार्दा झोक्किएको सुनाए । लामो समयदेखि कार्यकारी प्रमुख कार्यालयमा उपस्थित नभएपछि कैलालीका सेवाग्राही मर्कामा परेका छन् ।

कार्यकारी अधिकृत रामलाल श्रेष्ठ दशैंअघि गृहजिल्ला हिड्नु भएपनि अहिलेसम्म कार्यालयमा हाजिर हुनुभएको छैन । कार्यालय प्रमुख नै अनुपस्थित रहनु भएपछि सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो धेरैको छ । कार्यकारी अधिकृत बाहिर जाँदा, विदामा जाँदा निमित्त दिएर जानुपर्ने या सेवाग्राहीकालागि वैकल्पिक सेवाको व्यवस्था गर्नुपर्ने माग सेवाग्राहीको छ । तर कार्यालयले त्यस्तो वैकल्पिक व्यवस्था नगर्दा स्थानीय सेवाग्राहीको गुनासो बढेको हो ।

सेवाग्राही बमले घरजग्गाको कित्ता सच्याई घरनक्सा पास गर्न दशैंअघिदेखि नगरपालिका धाइरहेको बताउनुभयो । “कार्यकारी अधिकृत जिल्लामा हुँदा कार्यक्रममा व्यस्त हुन्छन्, कार्यालयमा हाजिर भएकाबेला आफ्नो कार्यकक्ष छाडेर अन्यत्र बस्छन्, त्यसलेगर्दा सेवाग्राहीलाई निकै सास्ती हुन्छ” बमले भन्नुभयो । कार्यकारी प्रमुखजस्तै, अन्य उपल्ला कर्मचारी पनि कार्यकक्ष छाडेर अन्यत्र कार्यकक्षमा गफ गरेर भेटिनेगरेको उहाँको गुनासो छ ।

कार्यकारी अधिकृत रामलाल श्रेष्ठ दशैंअघि गृहजिल्ला हिड्नु भएपनि अहिलेसम्म कार्यालयमा हाजिर हुनुभएको छैन । कार्यालय प्रमुख नै अनुपस्थित रहनु भएपछि सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो धेरैको छ ।

सेवाग्राही बमकोजस्तै गुनासो अन्य सेवाग्राहीको पनि छ । उपमहानगरपालिका ५ का चिन्तामणि जोशीले पनि हप्तादिनदेखि कार्यालय धाउँदा काम नबनेको दुःखेसो सुनाउनुभयो । “कार्यालयका प्रमुख कहाँ गएका हुन्, कहिले आउँछन् सोध्दा कोही कर्मचारीले सही कुरा भन्दैनन्, भोली आउनुस् भन्छन्, भोलि आउँदा पनि हाकिम भेटिदैन” जोशीले भन्नुभयो, “सर्वसाधारणलाई त कर्मचारीले मान्छे नै गन्दैनन्, सही सूचना बताउन पनि हिच्किचाउँछन् ।”

अर्का सेवाग्राही धनगढी १६ का घनबहादुर चौधरीले दशैंपछि कार्यालय शुरुभएकै दिन असोज २८ देखि उपमहानगरपालिकाको कार्यालय धाइरहेको बताउनुभयो । “घर निर्माणसम्बन्धी इजाजतपत्र बनाउन कार्यकारी अधिकृतको हस्ताक्षर नभई नहुने, कार्यकारीअधिकृत दशैंअघिदेखि कार्यालयमा अनुपस्थित भएपछि काम बन्न सकेन” चौधरीले भन्नुयभो । कार्यालयका कर्मचारीहरुले एकीन सूचना दिन नमानेको उहाँको गुनासो छ ।

उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टकाअनुसार कार्यकारी अधिृकत रामलाल श्रेष्ठ कात्तिक ७ गते आइतबार कार्यालयमा हाजिर हुनुहुनेछ । दशैं विदामा घर जानुभएका श्रेष्ठ विदालिएर बस्नुभएकाले लामो समयसम्म सेवाग्राहीले सास्ती भोग्नुपरेको उहाँले स्वीकार्नुभयो । “कार्यालयमा सेवाग्राहीको चाप बढेको सत्य हो, अब आइतबारदेखि त धमाधम काम हुन्छ नै” भट्टले भन्नुभयो ।

उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टकाअनुसार कार्यकारी अधिृकत रामलाल श्रेष्ठ कात्तिक ७ गते आइतबार कार्यालयमा हाजिर हुनुहुनेछ । दशैं विदामा घर जानुभएका श्रेष्ठ विदालिएर बस्नुभएकाले लामो समयसम्म सेवाग्राहीले सास्ती भोग्नुपरेको उहाँले स्वीकार्नुभयो ।

उपमहानरपालिकाका एक कर्मचारीकाअनुसार कार्यकारी प्रमुख श्रेष्ठको मन्त्रालयले बुटवलमा सरुवा गरिसकेको छ । तर स्थानीय निकायको पुनःसंरचना अयाोगले पुनः स्थानीय निकायको संख्या बढाएर जिल्लाबाट अर्को प्रतिवेदन पेशगर्न परिपत्र जारी गरेपछि तिहारसम्म कुनै पनि कार्यालयका प्रमुखलाई साविकै स्थानमा कामकाज गर्न भनेको छ ।

कर्मचारीले दिएको जानकारीअनुसार धनगढी उपमहानरपालिकाका लागि मन्त्रालयले ध्यानकुमार थापा कार्यकारी अधिकृत बनाएर पठाउने भएको छ । ती कर्मचारीकाअनुसार दिनको संयौं सेवाग्राही नक्सा पास, घर निर्माण इजाजतपत्र र घर निर्माण सम्पन्नपत्र बनाउन कार्यालय धाउने गर्छन् । कार्यालय प्रमुख नभएपछि सेवाग्रही खालीहात फर्कने गरेका छन् । टाढा टाढाबाट कामका लागि आउने सेवाग्राहीलाई ठूलो मर्का परेको उहाँको बुझाई छ ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग बुझ्दा उहाँले कार्यकारी प्रमुख नहुँदा निमित्त अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने अधिकार मन्त्रालयलाई मात्र रहेको बताउनुभयो । मन्त्रालयलाई सोबारे बारम्बार जानकारी गराउँदासमेत प्रमुखको व्यवस्था हुन नसकेकाले सेवाग्राही समस्यामा परेको रिजालको भनाई छ । सेवाग्राहीले एक पटक पनि दुःख पाउनु राम्रो होइन, धनगढी उपमहानगरापलिका, टीकापुर र अत्तरिया नगरपालिकापनि प्रमुखविहिन रहेको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी रिजालकाअनुसार टीकापुर नगरपालिका चार महिनादेखि प्रमुख विहिन छ भने अत्तरिया डेढ महिनादेखि प्रमुखविहिन छ । “टीकापुरमा प्रमुख नहुँदा दशैंको तलबसमेत कर्मचारीले खान नपाउने समस्या खडा भएको थियो, पछि समन्वय गरेर तलबखाने व्यवस्थासम्म गरियो तर सेवाग्राहीको सेवाकालागि व्यवस्थागर्न सकिएन” रिजालले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालकाअनुसार टीकापुर नगरपालिका चार महिनादेखि प्रमुख विहिन छ भने अत्तरिया डेढ महिनादेखि प्रमुखविहिन छ । “टीकापुरमा प्रमुख नहुँदा दशैंको तलबसमेत कर्मचारीले खान नपाउने समस्या खडा भएको थियो, पछि समन्वय गरेर तलबखाने व्यवस्थासम्म गरियो तर सेवाग्राहीको सेवाकालागि व्यवस्थागर्न सकिएन” रिजालले भन्नुभयो ।

टीकापुर र अत्तरिया पनि प्रमुखविहिन
धनगढी उपमहानपरपालिका सँगै अर्को नगरपालिका टीकापुर पनि गत साउनदेखि प्रमुख विहिन छ । कार्यालय प्रमुख नहुँदा त्यहाँका स्थानीय बासिन्दा पनि मर्कामा छन् । त्यस्तै, अत्तरिया नगरपालिकामा गत भदौको अन्तिमबाट कार्यालय प्रमुखविहिन छ । कार्यालय प्रमुख नहुँदा स्थानीयको कामकाज ठप्प भएको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

rokka

कैलालीमा एक उपमहानगरपालिका र पाँच नगरपालिका छन् । त्यसमध्ये आधाजति नगरपालिका कार्यालय प्रमुखविहिन भएपछि सेवाग्राही निकै समस्यामा छन् । कार्यालय प्रमुखको व्यवस्थापनका लागि नियमित स्थानीय मन्त्रालयलाई खवर पु¥याउँदासमेत सुनुवाई नभएको गुनासो स्थानीय विकास अधिकारीको पनि छ ।

तपाईको प्रतिक्रिया