कैलालीको सुरक्षाव्यवस्था सामान्य: प्रमुख जिल्ला अधिकारी रिजाल


govind-rijal

लक्की चौधरी
धनगढी, कात्तिक ५ गते । कैलालीको टीकापुरमा गतसालको भाद्र ७ र ८ गते भएको दुःखद् घटनापछि तनावपूर्ण रहेको कैलालीको जनजीवन सामान्य बन्दैगएको छ । घटना भएको चौध महिना भइसक्दा पनि नागरिकको मनमा सामान्य त्रास कायमै भएपनि स्थिति सहज बन्दैगएको यहाँका नागरिकहरुको बुझाई छ ।

टीकापुर घटनामा एकजना एसएसपीसहित आठजना सुरक्षाकर्मी र एक नाबालकको दुःखद निधन भएपछि जिल्लाको सुरक्षाअवस्था त्रासपूर्ण बनेको थियो । सुरक्षा व्यवस्था सामान्य बन्दैगएपछि अहिले थारुको घरमा गैरथारुको आवतजावत हुने र गैरथारुको घरमा थारु सदस्यको आवतजावत बढ्दैगएको स्थानीयहरुले बताउनुभयो ।

“जिल्ला प्रशासन कार्यालयले क्षतिको लगत संकलन गरी क्षतिपूर्तिको सिफारिस मन्त्रालयमा पठाइसकेकाले पीडितहरु क्षतिपूर्ति पाउनमा आशावादी छन्, त्यसो भएमा अवस्था थप सहज बन्छ” चौधरीले भन्नुभयो ।

आत्मा जोडिन नसकेपनि बाँकी कामगर्ने शैली र व्यवहार पहिलेकै अवस्थामा फर्किइसकेको टीकापुरबासी तथा अधिकारकर्मी फिरुलाल चौधरीले बताउनुभयो । “घटनापछि एकअर्काको घरमा नजाने, घरआंगनको बाटो समेत नकाट्ने स्थिति सिर्जनाभएको थियो, अहिले अवस्था सामान्य भएपछि कामकाज र घरव्यवहारमा समेत सहकार्य शुरुभएको छ” चौधरीले भन्नुभयो ।

साँझ विहान र रातीसमेत बाटोमा ओहोरदोहोर हुँदा चहलपहल बढेको र एकै ठाउँमा बस्ने थारु या गैरथारुबीच पुनः मिलन हुँदैगएपछि अवस्थामा सुधार भएको छ चौधरीले भन्नुभयो । अवस्था सामान्य बन्दै गएपनि भाद्र ८ गते थारुको घरमा भएको आगजनीको क्षतिपूर्ति दिनमा सरकारले ढिलाई गरेकाले केही तुस बाँकी रहेको भनाई उहाँको छ ।

“जिल्ला प्रशासन कार्यालयले क्षतिको लगत संकलन गरी क्षतिपूर्तिको सिफारिस मन्त्रालयमा पठाइसकेकाले पीडितहरु क्षतिपूर्ति पाउनमा आशावादी छन्, त्यसो भएमा अवस्था थप सहज बन्छ” चौधरीले भन्नुभयो ।

टीकापुरका अर्का स्थानीय एकिन्द्र तिमल्सिनाले बाहिरीरुपमा जनजीवन सामान्य भएपनि भित्रीरुपमा डर त्रास कायमै रहेको बताउनुभयो । “बसाई र व्यवहार पुरानै अवस्थामा फर्किएको सत्य हो तर मुद्दा समाधान अझै भइनसकेकाले मनमा अनेक त्रास र आशंका विद्यमान छ” उहाँले भन्नुभयो । राजनीतिकरुपमा सल्टाउन सकिने हो भने राजनीतिकरुपमा मिलाउनु पर्छ, नसिकने हो भने कानूनी प्रक्रियाअनुसार जानुपर्छ, त्यसले केही समय लिने तिमल्सिनाको बुझाई छ ।

“मुख्यगरी कैलालीलाई प्रदेशको सिमाङ्कनको विषय हो, त्यो अझै सल्टिइनसकेकाले अवस्था जति सामान्य भएपनि दुईपक्षीय झगडाको विउ कायमै छ जस्तोलाग्छ, दलका नेताहरुले चाँडै निर्णय गरेर वातावरण मिलाउन सक्नुपर्छ” तिमल्सिनाले भन्नुभयो ।

“मुख्यगरी कैलालीलाई प्रदेशको सिमाङ्कनको विषय हो, त्यो अझै सल्टिइनसकेकाले अवस्था जति सामान्य भएपनि दुईपक्षीय झगडाको विउ कायमै छ जस्तोलाग्छ, दलका नेताहरुले चाँडै निर्णय गरेर वातावरण मिलाउन सक्नुपर्छ” तिमल्सिनाले भन्नुभयो । “घटनामा संलग्न आरोपमा केही व्यक्ति अझै मुद्दा लागेर कारागारमा छन्, केहीलाई सुरक्षाकर्मीले पक्राउ सूचीमा राखेको छ, केही विस्थापित छन्, अवस्था पुरै नसल्टिदासम्म त त्रास कायमै रहन्छ” उहाँले भन्नुभयो ।

यता प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको भनाईमा पनि टीकापुरको अवस्था तुलनात्मकरुपले सामान्य अवस्थामा फर्किइसकेको छ । कैलालीमा आफू आएको चार महिनाको शुरुवाती समयमा सुरक्षाको हिसावले निकै तनावपूर्ण रहेपनि अहिले दुवैपक्षबीचको सम्बन्ध सुमधुर बनेको बुझाई उहाँको छ । “कैलाली आएको पहिलो हप्तामै टीकापुरका विभिन्न गाविस र वडामा गएर दुवैपक्षसँग छलफल र अन्तरक्रिया गरेर अवस्थालाई सामान्यीकरण गर्ने प्रयासमा लागें, सबैको सहयोग प्राप्तले अवस्था सामान्य बन्दैगएको अनुभूति भएको छ” रिजालले भन्नुभयो ।

सुरक्षाको दृष्टिकोणले अवस्था सामान्य बनेपनि घाउ पूर्णरुपमा निको भइनसकेकाले मनमा नागरिकको आशंका र डर भने कायमै रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । भाद्र ७ गते भएको घटनामा परी ज्यान गुमाउने परिवारले राज्यबाट क्षतिपूर्ति पाएपनि ८ गतेको आगजनी पीडितले क्षतिपूर्ति प्राप्त गर्न नसकेको उहाँले जानकारी दिनुभयो । क्षतिपूर्तिको संकलन गरी मन्त्रालयमा सिफारिस पठाएको र अर्थमन्त्रालयबाट रकम निकासाको चरणमा रहेको जानकारी आफूले पाएको उहाँले तर्क गर्नुभयो ।

“सात गतेको घटनामा संलग्नको आशंकामा ५८ जनामाथि मुद्दा लगाइएको छ, त्यसमध्ये २५ जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढेको छ र ३३ जना फरार सूचीमा छन्” भन्दै उहाँले राजनीतिकरुपमा सल्टाउन सकिने मुद्दा भए दलका नेताहरुले त्यसमा ढिलाई गर्न नहुने बताउनुभयो ।

“सात गतेको घटनामा संलग्नको आशंकामा ५८ जनामाथि मुद्दा लगाइएको छ, त्यसमध्ये २५ जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढेको छ र ३३ जना फरार सूचीमा छन्” भन्दै उहाँले राजनीतिकरुपमा सल्टाउन सकिने मुद्दा भए दलका नेताहरुले त्यसमा ढिलाई गर्न नहुने बताउनु भयो । कानूनी प्रक्रियामा मुद्दा सल्टाउन समय लाग्ने र मुद्दा नसल्टिदासम्म थारु र गैरथारुबीचको आशंका कायम रहनसक्ने उहाँको बुझाई छ । तर पहिलेभन्दा अहिले अवस्था निकै सहज बनिसकेको दावी उहाँको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलालीका प्रवक्ता माधव थारुले टीकापुरको अवस्थामा सुधार भएपनि मुद्दा नसल्टिदासम्म दुवैपक्षबीचको तनाव कायम रहने बताउनुभयो ।

“कैलालीलाई अखण्ड सुदूरपश्चिममा राख्ने कि थरुहट प्रदेश कायम गर्ने भन्ने मुख्य विवाद हो, त्यसैको परिणाम टीकापुरको दुःखद घटना घटन पुग्यो” भन्दै प्रवक्ता थारुले गैरथारु र थारु अगुवाबीचको आपसी छलफल र अन्तरक्रियाले समाधान खोज्न सकिने तर्क गर्नुभयो । तर अहिलेसम्म दुवैपक्ष एकठाउँमा बस्ने वातावरण बन्न नसकेको बुझाई उहाँको छ ।

तपाईको प्रतिक्रिया