मिस इन्टरनेशनल प्रतियोगितामा वर्षा थारु नेपालबाट भिड्दै


barsha-lekhi

धनगढी, कात्तिक ६ गते । मिस इन्टरनेशनलको ५६ औं संस्करणमा नेपालबाट वर्षा लेखी थारु प्रतिस्पर्धा गर्ने हुनुभएको छ । कात्तिक ११ गते जापानको टोकियोस्थित डोमसिटी हलमा हुने सो प्रतियोगितामा नेपालबाट पहिलो चोटी थारु समुदायकी चेली सो पदको प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

केही समयअघि काठमाडौंमा भएको प्रतियोगितामा मिस इन्टरनेशनल २०१६ मा विजयी लेखी थारुले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनुभएको हो । लेखीसँगै विश्वभरका ७० वटा मुलुकका सुन्दरीहरु सो प्रतियोगितामा भिड्दै छन् । मिस इन्टरनेशनल लेखी थारु नेता राजकुमार लेखीकी सुपुत्री हुन् ।

केही समयअघि काठमाडौंमा भएको प्रतियोगितामा मिस इन्टरनेशनल २०१६ मा विजयी लेखी थारुले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनुभएको हो । लेखीसँगै विश्वभरका ७० वटा मुलुकका सुन्दरीहरु सो प्रतियोगितामा भिड्दै छन् ।

यसअघि मिस पपुलरको उपाधि विजेता २३ वर्षिया लेखीको जन्मस्थान सप्तरी जिल्ला हो । पाँच फिट साढे ८ इन्च अग्ली मिस इन्टरनेशनल वर्षा लेखी मिस नेपालको तेस्रो रनरअप विजेता पनि हुनुहुन्छ ।

प्रतियोगिताको पहिलो ट्यालेन्ट राउण्डमा लेखीले नेपालको झ्यारेलयको नृत्य प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, अन्य राउण्डमा ओरल हाइजिनसँग सम्बन्धित स्वस्थ हाँसो (हेल्दी स्माइल) शीर्षकमा समेत प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अहिलेसम्मको मतदानको गणनामा लेखी तेस्रो स्थान पुग्न सफल भएको बताइएको छ । उहाँलाई मतदान गर्नेक्रम नेपालभरिका शुभचिन्तकले अन्य देशमा रहेर पनि मतदान गरिरहनु भएको छ । उहाँको विजयको शुभकामना ।

तपाईको प्रतिक्रिया