छठसम्म पर्खिन्छौं, संविधान संशोधन नभए अर्को जनआन्दोलन: यादव


upendra

जनकपुर कात्तिक ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिअनुसार छठसम्म संविधान संशोधन विधेयक नआए जनआन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रेस फोरम धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीनबुँदे सहमति अनुसार सरकारले आफूहरुको मुद्दा सम्बोधन हुनेगरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संविधान संशोधन नभए मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने तयारी भइरहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन उनले आग्रह गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगकोकारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेको बताए ।

संविधान संशोधन नभए मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने तयारी भइरहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन उनले आग्रह गरे ।

‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाइँदै छ, त्यो स्पष्ट हुनु पर्यो, तर महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो हामीलाई मान्य हुँदैन’– यादवले भने ।

अध्यक्ष यादवले स्वायत शासन प्रादेशिक संरचनासहितको स्रोतसाधनमा समानुपातिक समावेशी ढंगबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनै पनि हालतमा मान्य नहुने भन्दै अधिकार प्राप्त नभएसम्म संघर्ष जारी रहने बताए ।

तपाईको प्रतिक्रिया