च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ


vaura1

लक्की चौधरी
धनगढी, कात्तिक ९ गते । भर्खर निर्माण भएको पश्चिमा थारुभाषाको चलचित्र भौंराको च्यारेटी शो प्रदर्शनले करिब दुईलाख रुपिया संकलन गरेको छ । दशैंअघि निर्माण सम्पन्न भएको सो चलचित्रले काठमाडौं, दाङ, कैलालीमा गरी सो रकम संकलन गरेको निर्माताले बताएका    छन् ।

असोज १४ गते काठमाडौंको विश्वज्योति हलमा भौंराको पहिलो शो प्रदर्शन गरेको निर्माण पक्षले काठमाडौंबाट मात्र करिब सवालाख रुपियाँ उठाएको थियो । दशैंको अवसर पारेर निर्माणपक्षले भौंराको प्रदर्शन दाङको घोराही र लमही तथा कैलालीको लम्कीबजारमा गरेको थियो ।

असोज २१ गते लम्कीमा दुईसो प्रदर्शन गरेर करिब ३० हजार रुपिया संकलन भएको निर्माता नन्दु चौधरीले बताउनुभयो । त्यस्तै, २२ गते घोराहीमा एक सो, २३ गते लम्हीमा एक सो प्रदर्शन गरेर करिब ६० हजार रुपियाँ त्यहाँबाट संकलन भएको चौधरीले जानकारी दिनुभयो ।

असोज २१ गते लम्कीमा दुईसो प्रदर्शन गरेर करिब ३० हजार रुपिया संकलन भएको निर्माता नन्दु चौधरीले बताउनुभयो । त्यस्तै, २२ गते घोराहीमा एक सो, २३ गते लम्हीमा एक सो प्रदर्शन गरेर करिब ६० हजार रुपियाँ त्यहाँबाट संकलन भएको चौधरीले जानकारी दिनुभयो ।

मंसिरसम्म विभिन्न जिल्लामा च्यारेटी शोकोरुपमा प्रदर्शन गर्ने भएपनि आगामी पुसबाट पश्चिम नेपालको थरुहट जिल्लाको चलचित्र हलमा भौंरालाई प्रदर्शन गर्ने तयारी रहेको निर्माता नन्दू चौधरीले बताउनुभयो ।

भौंरामा श्रीराम चौधरीको कथा, कृष्ण चौधरीको निर्देशन र हरिनारायण चौधरीको छायाँकन रहेको छ । यस चलचित्रमा फिरु चौधरीको गीत, विकास चौधरीको संगीत रहेको छ । त्यस्तै गीतमा समिक्षा चौधरी, रोशन रत्गैयां, राम कठरिया र विकास चौधरीले स्वर दिएका छन् ।

vaura2

दाङको विभिन्न क्षेत्रमा छायांकन गरिएको सो चलचित्र करिब २५ लाख रुपियाँमा निर्माण भएको बताइएको छ । दर्शकहरुको प्रतिक्रियाअनुसार फिल्मले लगानी मज्जाले उठाउने विश्वास निर्मातापक्षको छ । चलचित्रमा राज कुश्मी, सोनु थारु, अन्जु चौधरी, कृष्ण चौधरी, रिमा, रोशन, विरु, नन्दू लगायतका कलाकारको अभिनय रहेको छ ।

vaura

तपाईको प्रतिक्रिया