टीकापुर घटनामा निर्दोसले दुःख पाउनु दुःखद्ः अध्यक्ष गच्छदार


gachhadar

धनगढी, कात्तिक ९ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाबारे निश्पक्ष छाविन गर्नुपर्ने बताउनुभएको छ । घटना दुःखद् भएपनि त्यसबारे छानविन गर्न आवश्यक रहेको तर्क उहाँको छ ।

धनगढीमा मंगलबार पत्रकारसँग संक्षिप्त कुरागर्दै पूर्व उपप्रधानसहित गहमन्त्री भइसक्नुभएका अध्यक्ष गच्छदारले निर्दोस मान्छेलाई घटनामा मुछेर दुःख दिन नहुने बताउनुभयो । निर्दोस व्यक्तिलाई सजाय भइरहेको जानकारी आफूले पाएको बताउँदै उहाँले तथ्यगत छानविन गरी निर्दोसलाई रिहाईको माग गर्नुभयो । जिल्लाभन्दा बाहिर रहेकालाई समेत पक्राउ गरी ज्यानमुद्दा लगाइएकोप्रति उहाँले दुःख प्रकट गर्नुभयो ।

भाद्र ८ गतेको आगजनी घटनामा संलग्नहरु पक्राउ नपर्नु र पीडित थारुले क्षतिपूर्ति पाउन नसकेकोमा दुःख व्यक्त गर्दै उहाँले आफू सरकारमा भएकै बेला क्षतिपूर्तिका पहल भएको स्मरण गर्नुभयो । क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको प्रक्रिया अगाडि बढिसक्दासमेत त्यसमा ढिलाई हुनु राज्यको बेइमानी भएको उहाँले आरोप लगाउनुभयो ।

भाद्र ८ गतेको आगजनी घटनामा संलग्नहरु पक्राउ नपर्नु र पीडित थारुले क्षतिपूर्ति पाउन नसकेकोमा दुःख व्यक्त गर्दै उहाँले आफू सरकारमा भएकै बेला क्षतिपूर्तिका पहल भएको स्मरण गर्नुभयो । क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको प्रक्रिया अगाडि बढिसक्दासमेत त्यसमा ढिलाई हुनु राज्यको बेइमानी भएको उहाँले आरोप लगाउनुभयो ।

सो अवसरमा अध्यक्ष गच्छदारले नयाँ संविधान कार्यान्वयनको विकल्प नरहेको बताउँदै भएका केही कमजोरीलाई संशोधनमार्फत सच्याउन सकिने तर्क गर्नुभयो । ठूला दलका नेताहरुको असक्षमताका कारण मुलुक पुनः समस्यामा पर्ने खतरा उहाँले औल्याउनुभयो ।

अध्यक्ष गच्छदारले मधेसीदल आफ्नो मागप्रति नै स्पष्ट नभएको आरोप लगाउनुभयो । “विगतमा सरकारसँग भएको सहमति र सम्झौतामा मधेसवादीदल अडिग रहन सकेनन्, समयअनुसार माग फरिनु नै कमजोरी हो” गच्छदारले भन्नुभयो, “अहिलेको सिमाङ्कनमा हेरफेर नगरी समस्या समाधान हुँदैन ।”

आफ्नो दलले आठ प्रदेशको उपयुक्त विकल्प दिएपनि ठूला दलले सुनुवाई नगर्दा अहिले समस्या आएको बताउँदै अध्यक्ष गच्छदारले आदिबासी जनजाति, मधेसी, थारु आदिलाई असन्तुष्ट राखेर संविधान कार्यान्वयन पनि सम्भव नरहेको तर्क गर्नुभयो । पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरका विषयमा नयाँ सहमतिको आवश्यकता उहाँले औल्याउनुभयो ।

लोकमानसिंह कार्कीको महाअभियोग सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष गच्छदारले आफ्नो दलसँग तीन ठूला दलले कुनै छलफल नगरेकाले त्यसमा कुनै टिप्पणी नगर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया