तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान


cts-2

कारी महतो
खैरहनी, (चितवन) कात्तिक १७ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक विजेता खेलाडीहरुलाई तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित गरिएको छ । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खेलाडिलाई सम्मानित गरिएको हो ।

खैरहनी नगरपालिका १ का दुईजना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी टिमकोच रोशन खान सम्मानित भएका छन् । गोल्डमेडलिस्ट रञ्जित चौधरी र सिल्भरमेडलिस्ट धनबहादुर दराईलाई क्रमशः सात हजार र पाँच हजार नगद सहित सम्मान गरिएको छ । राष्ट्रकै गौरव र गरिमा उच्च राख्न सफल भएकोमा सिर्जनशील थारु समाज र बहेरा साउण्ड सिस्टमले उनीहरुलाई सम्मान गरेको हो । हाल अमेरिकामा तेक्वान्दो प्रशिक्षणरत रामशरण चौधरीले नगद पुरस्कार सौजन्य गरेका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य व्यक्तगर्दै प्रमुख अतिथि चितवन क्षेत्र नं. २ का निर्वाचित सांसद शेषनाथ अधिकारीले तिहारको शुभकामनासहित बहेराचोकदेखि थारुटोलको बाटोलाई यसैवर्ष पीच गर्नका लागि बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मानित खेलाडीहरुकोतर्फबाट मन्तव्य व्यक्तगर्दै टिमकोच रोशन खानले आफूहरुलाई सम्मानित गरेर हौसला बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नौजना खेलाडीहरुलाई थाइल्याण्ड लगेको र सातवटा मेडल जितेर फर्केको जानकारी गराउनु भयो ।

सम्मानित खेलाडीहरुकोतर्फबाट मन्तव्य व्यक्तगर्दै टिमकोच रोशन खानले आफूहरुलाई सम्मानित गरेर हौसला बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नौजना खेलाडीहरुलाई थाइल्याण्ड लगेको र सातवटा मेडल जितेर फर्केको जानकारी गराउनु भयो ।

उदघाटन समारोहमा नेपाली काँग्रेसकोतर्फबाट अतिथिहरु कुमार कार्की, माओवादी केन्द्रकातर्फबाट एकराज डल्लाकोटी, महिलाकोतर्फबाट वडानागरिक मञ्चका सहसंयोजक राधा पोखरेल, थारु समुदायका तर्फबाट थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

उद्घाटन समारोह कार्यक्रम सिर्जनशील थारु समाजका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक हरिकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको साङ्गीतिक माहोलमा गायक अञ्जन डल्लाकोटी र आर के चौधरीलगायत स्थानीय कलाकार र नव प्रतिभाहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै विराटनगरका प्रख्यात नाट्यकर्मी तथा रङ्गकर्मी आर. बि. के. को परिकल्पना र निर्देशनमा रुन्चे बालक (क्राइङ्ग बेबी) नामक मुक नाटक (साइलेन्स ड्रामा) प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया