भाइटीकासँगै दिदीबहिनी संगि टिका कार्यक्रम


pic

रसना ढकाल
काठमाडौं, कात्तिक १७ गते । सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले दिदीबहिनीसंग टीका कार्यक्रम सम्पन्न गरेको छ ।

शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाइभाईले मात्र होइन दिदिबहिनीले पनि एक अर्कालाई टीका लगाउन सक्छन् र जुन चेलीको दाइभाई छैनन उनीहरुको लागि यस्तो कार्यले उर्जा थपिने विश्वास रहेको र आगामि दिनमा यस्तो रचनात्मक कार्यलाई कसरी निरन्तरता दिने भन्नेतिर लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।

त्यस्तैगरि परम्परालाई जोगाई राख्नु हाम्रो दायित्व हो र परम्पराभित्र देखिएका त्रुटिलाई हटाउदै समाजमा सकारात्मक सन्देश जाओस् भन्ने हिसाबले दिदिबहिनीसंग टीका कार्यक्रम गरेको महिलाको निम्ति महिला मञ्च नेपालकी सस्थापक अध्यक्ष सृजना पुनले बताउनुभयो ।

त्यसैगरि जर्मनकि अनुशन्धानकर्ता मिस लिजाले आफु यस्तो कार्यक्रममा सहभागि हुन पाउदा खुशि भएको र मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको श्रम अधिकारको लागि महिला मञ्चले उठाएको अभियानमा आफू सधै साथदिने बताउनुभयो ।

महिला मञ्चकि अध्यक्ष छलिमाया मगरले आउने दिनमा यस्तो कार्यलाई निरन्तरता दिने बताउनुभयो । बालाजुको बाइसधारा पार्कमा सम्पन्न सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले एक अर्कालाई टीका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया