राजबन्दीका परिवारले शनिबारबाट कैलालीमा आन्दोलन शुरुगर्ने


tikapur

धनगढी, कात्तिक १९ गते । गतसालको भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्नको आरोपमा जेल सजाय भोगिरहेका परिवारका सदस्यहरुले शनिबारदेखि कैलालीमा अर्को आन्दोलन शुरु गर्ने भएका छन् । राज्यले घटनाको उचित छानविन नै नगरी आशंकाको भरमा निर्दोसलाई सजाय दिइरहेका भन्दै पीडित परिवारका सदस्यले अर्को आन्दोलन शुरु गर्न लागेको बताएका छन् ।

आन्दोलनको कार्यक्रमस्वरुप शनिबार धनगढीमा पीडित परिवारले विरोध तथा प्रदर्शन गर्ने बताएका छन् । पीडित परिवारका सदस्यहरुको आन्दोलन र विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले ऐक्यवद्धता तथा समर्थन गर्ने बताएको छ ।

विज्ञप्तीमा उल्लेख गरेकोअनुसार भाद्र ७ गतेको घटनामा संलग्न आशंकामा २५ जनालाई पक्राउ गरी कारवाही चलाएको र धेरैलाई फरार सूचीमा राखेर अनुसन्धान राज्यले गरिरहेको भएपनि भाद्र ८ गतेको घटनामा संलग्न अपराधीलाई राज्यले छुट दिएको आरोप समितिको छ ।

समितिका कैलाली कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले शुक्रबार विज्ञप्ती जारी गर्दै पीडित परिवारको आन्दोलनमा समितिको ऐक्यवद्धता रहेको जनाएका छन् । आन्दोलनको कार्यक्रममा सबैलाई सहभागीता जनाउन पनि समितिले आव्हान गरेको छ ।

विज्ञप्तीमा उल्लेख गरेकोअनुसार भाद्र ७ गतेको घटनामा संलग्न आशंकामा २५ जनालाई पक्राउ गरी कारवाही चलाएको र धेरैलाई फरार सूचीमा राखेर अनुसन्धान राज्यले गरिरहेको भएपनि भाद्र ८ गतेको घटनामा संलग्न अपराधीलाई राज्यले छुट दिएको आरोप समितिको छ । ८ गते राती थारुको घर पसलमा आगजनी गर्नेहरुलाई पक्राउ नगरी राज्यले विभेदपूर्ण व्यवहार देखाएको आरोप समितिले लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर टीकापुर घटनाको आशंकामा पक्राउ परेकाहरुको राजनीतिकतवरबाट मुद्दा फिर्ता लिने र घटनाको निश्पक्ष छानविन गर्ने बताइए पनि सरकारले अझै सो काम अगाडि नबढाएको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

tsc-bigyepti

तपाईको प्रतिक्रिया