थारु पत्रकार संघलाई सांसदहरुको सहयोग घोषणा, बारामा रेणु


tja

काठमाडौं, कात्तिक २१ गते । थारु पत्रकारको साझा सगठन थारु पत्रकार संघ नेपाललाई माओवादी केन्द्रकी सांसद दिलमाया धामीले संघ बारा शाखालाई एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी छन्।

बाराको कलैयास्थित थारु कल्याणकारिणीसभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताउँदै सो सहयोगको घोषणा गरेकी हुन् ।

उनले थारु पत्रकारको संगठन आफ्नो जिल्लामा पनि विस्तार भएको भन्दै एकलाख दिने घोषणा गरेको बताउनुभयो । थारु पत्रकारहरुको संगठन विस्तारले म अत्यन्तै खुसी छु। पत्रकारिताको माध्यमबाट हाम्रो समुदायमा रहेको कूरिती हटाउन यो संगठन सक्षम बनोस् उनले भनिन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एमाले सांसद वलवीर चौधरीले एक सेट कम्युटर सहयोग गर्ने घोषणा गरे। उनले थारु समुदायका लागि थारुले नै केही गर्नुपर्छ भन्दै यो संस्थाकालागि आफू एक कदम अगाडि बढेर सहयोग गर्ने बताए। समुदायलाई सही दिशा देखाउने तपाईँहरु नै हो। त्यसमा तपाईँहरु सफलता हात पार्नुस्, उनले भने।

त्यस्तै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तपेश्वर चौधरीले कार्यालयका लागि ६ वटा कुर्सी दिने घोषणा गरे। फोरम लोकतान्त्रिकक जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले जिल्ला कमिटी गठनले आफूहरु उत्साहित भएको बताए। त्यसका लागि जिविसबाट हुने सहयोगका लागि आफूले पहल गर्ने बताए।

त्यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य गिरधारी चौधरीले नयाँ कामको थालनी गरेको भन्दै बधाई दिए। उनले थारु पत्रकार संघले बाराका सम्पूर्ण थारुको प्रतिनिधित्व गर्न भएकाले त्यसको सही ढंगले उपयोग गर्न सुझाए।

त्यस्तै एमालेका जिल्ला समिति सदस्य रुपलाल चौधरीले संगठन बनाउनुभन्दा त्यसलाई चलाउनु गाह्रो भएको बताए। त्यसैले थारु पत्रकार संघलाई सबैले मलजल गर्न आग्रह गरे। उनले नयाँ नेतृत्वले पनि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए। त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल कुमार उपाध्यायले नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिँदै निष्पक्ष पत्रकारिताको माध्यमबाट आफ्नो समुदायलाई अगाडि बढाउन संघले भूमिका निर्वाह गर्नुपर्ने बताए।

संघ नेपालका केन्द्रीय महासचिव मदन चौधरीले थारु पत्रकार संघ नेपाल थारु समुदायको भाषा, संस्कृति प्रवर्द्धन गर्ने र थारु मुद्दा स्थापित गराउन पहल कदमी खेल्ने उद्देश्यले गठन भएको जानकारी गराए।

बारा शाखाका नयाँ पदाधिकारीहरुलाई स्थानीय सबै तहतप्काका अग्रजहरुले सहयोग र समर्थन गर्नुपर्ने बताए। उनले एक लाख घोषणा गरेकी सांसद दिलमाया धामीलाई विशेष धन्यवाद दिँदै यसले थारु पत्रकारहरुमा उत्साह थपेको बताए।

संघको अध्यक्षमा रेणु
थारु पत्रकार संघ नेपालको बारा शाखा गठन भएको छ। थारु कल्याणकारिणी सभाको कलैयास्थित हलमा आयोजित भेलाले रेणु चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

जसको उपाध्यक्षमा जियालाल चौधरी, सचिवमा चन्द्रशेखर चौधरी, सहसचिवमा अनिल चौधरी र कोषाध्यक्षमा सविता चौधरी छन्।
संघ नेपालका महासचिव मदन चौधरी र नेपाल पत्रकार महासंघका बारा अध्यक्ष कमल कुमार उपाध्यायको सहभागितामा जिल्ला कमिटी विस्तार भएको हो।

थारु पत्रकार संघको यो १२औं जिल्ला शाखा हो। यसअघि काठमाडौं, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, सुनसरीमा शाखा विस्तार भइसकेको छ। त्यस्तै सिराहमा तदर्थ समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया