टीकापुर घटनामा पक्राउ परेका परिवारको प्रशासन कार्यालयमा धर्ना


tsc3

धनगढी, कात्तिक २१ गते । गत सालको भाद्र ७ गते भएको टीकापुर घटनापछि पक्राउ परेकाहरुको पीडितका परिवारका सदस्यले शनिबारदेखि कैलालीमा विरोधका कार्यक्रम शुरु गरेका छन् । निर्दोसलाई आशंकाको भरमा पक्राउ गरी सजाय दिएको भन्दै पीडित परिवारका सदस्यले आन्दोलन शुरु गरेका बताएका छन् ।

शनिबार धनगढीमा प्रदर्शन कार्यक्रम गरेर विरोध कार्यक्रमको शुरुवात गरेको बताउने पीडित परिवारका सदस्यले सोमबार देखि जिल्ला प्रशासन कार्यालय धनगढीमा धर्ना शुरु गर्ने बताएका छन् । घटनाको निश्पक्ष छानविन हुनुपर्ने, निर्दोसलाई तत्काल रिहाई गर्नुपर्ने, भाद्र ८ गते थारुको घरमा छानीछानी आक्रमण र आगजनी गरेकालाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै पीडित परिवारले आन्दोलनको घोषणा गरेका हुन् ।

tsc2

पीडित परिवारका सदस्यहरुको आन्दोलनमा थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली शाखाले समर्थन गरेको छ । विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउँदै सबै कार्यक्रममा सहयोग गर्ने निर्णय भएको संघर्ष समितिका कैलाली प्रवक्ता माधव थारुले बताउनुभयो ।

पक्राउ परेका लक्ष्मण थारुका भाई धनकुमार थारुले निर्दोषलाई विनाकारण कारागार सजाय दिएको भन्दै प्रशासनले यस्तैगरे अर्को टीकापुर घटना दोहोरिने चेतावनी दिनुभयो । नेता माधव थारुले पहिचानको लडाईमा दलका नेताहरुले साथ समर्थन दिन छाडेर थारु समुदायलाई उल्टै दुःख दिने काम गरेको आरोप लगाए ।

tsc5

tsc

tsc1

तपाईको प्रतिक्रिया