राष्ट्रको हितहुने विषयमा संशोधन गर्न एमाले तयारः अध्यक्ष ओली


uml

राम दहित
धनगढी, कात्तिक २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको छिमेक सम्वध असन्तुलित, अस्वाभाविक, अशोभनीय हुदैगएको बताउनुभएको छ ।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसंग कुरागर्दै ओलीले सन्तुलनमा आउन लागेको छिमेकी सम्वन्ध र राष्ट्रिय स्थिरता खल्वल्याउन सरकार भित्रैका घटकबाट आफू नेतृत्वको सरकार ढालेको र विनाकारण दूत पठाउने, नेपाल–भारतका प्रधानमन्त्रीबीच गोवा सम्मेलनमा भएको समझदारी लगायतका घटनाले नेपालको राष्ट्रिय नीति विपरित असन्तुलित क्रियाकलाप देखिएको बताउनु भयो ।

वर्तमान सरकारको गेयर फसेपनि नेकपा एमालेले आफ्नो कार्यभारकारुपमा संविधान कार्यान्वयन गरी तद्नुसारका संरचना, निकाय खडागरी देशलाई अप्ठ्यारोबाट निकालेर संमृद्धितर्फ डोर्याउन प्रतिवद्ध रहेको बताउनुभयो ।

धनगढीमा बुधबारबाट शुरुहुने नेकपा एमाले प्रदेश नम्बर ७ स्तरीय भेलालाई संवोधन गर्न धनगढी पुगेका अध्यक्ष ओलीले राजनीतिक आन्दोलन सफल भई संविधानमार्फत उपलब्धिहरु संस्थागत भैरहेपनि सरकार परिवर्तनपछि कानून निर्माण, निर्वाचन लगायतका विषयमा ढिलो भएको तर्क गर्नुभयो ।

उहाँले वर्तमान सरकारको गेयर फसेपनि नेकपा एमालेले आफ्नो कार्यभारकारुपमा संविधान कार्यान्वयन गरी तद्नुसारका संरचना, निकाय खडागरी देशलाई अप्ठ्यारोबाट निकालेर संमृद्धितर्फ डोर्याउन प्रतिवद्ध रहेको बताउनुभयो ।

पत्रकारहरुले सोधेको जिज्ञासामा ओलीले राष्ट्रको हितहुने संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभयो । धनगढीमा हुने नेकपा एमाले प्रदेश नम्बर ७ स्तरीय भेलालाई संवोधन गर्न एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधबकुमार नेपाल, उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु, सांसदहरु धनगढी आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया