विप्लब नेकपा (माओवादी) को कात्तिक २८ गते नेपाल बन्द


biplab

राम दहित
धनगढी, कात्तिक २४ गते । नेकपा (माओवादी) ले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीको जिल्ला संगठन समिति कैलालीले संघर्षको कार्यक्रम सार्वजनिक गर्दै कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको हो ।

धनगढीमा बुधबार पत्रकार सम्मेलन गरी सो कुरा बताए । देशमा रहेको चर्काे महंगी, कालोबजारी, भ्रष्टचार नियन्त्रण गरी जनतालाई खाद्य सम्प्रभुत्ता सुनिश्चितताको लागि नेकपा (माओवादी) भदौ २० गतेदेखि विभिन्न शान्तिपूर्ण एवं दबाबमूलक संघर्षको कार्यक्रम गर्दैआएको कैलालीका सेक्रेटरी शेरबहादुर देउवा (शिखर) ले सम्मेलनमा जानकारी गराए ।

कार्तिक २५ गते विहान ९ देखि १ बजे सम्म चक्काजाम, २६ गते मोटरसाइकल ¥याली, २७ गते मसाल जुलुस र २८ गते देशव्यावी आमहडतालको कार्यक्रम रहेको बताए ।

उनले संघर्ष गर्दै आएका कार्यक्रमलाई राज्यपक्षले तत्काल सम्बोधन नगरे कार्तिक २८ गते एकदिने आम हडतालको घोषणा गरेको बताए । कैलालीका सेक्रेटरी देउवाले राष्ट्रियताको रक्षा र जनताहरुको खाद्य सम्प्रभुताको पक्षम आफूहरु आवाज अठाएको बताए ।

उनले कार्तिक २५ गते विहान ९ देखि १ बजे सम्म चक्काजाम, २६ गते मोटरसाइकल ¥याली, २७ गते मसाल जुलुस र २८ गते देशव्यावी आमहडतालको कार्यक्रम रहेको बताए ।

तपाईको प्रतिक्रिया