बसको ठक्करबाट मुक्त कमैया महिला सीता चौधरीको मृत्यु

sitadevi

राम दहित
कैलाली, कात्तिक २५ गते । कैलालीको लम्की चुहा नगरपालीका १ पुर्व लम्कीमा बसको ठक्करले विहिबार विहान एकजना पूर्व मुक्तकमैया महिलाको मृत्यु भएको छ ।

काठमाण्डौदेखि भारतको दिल्ली जानलागेको मन्जुश्री यातायातको ना ४ ख ८६९६ नम्वरको बसको ठक्करवाट गम्भीर घाईते भएकी साईकलयात्रि लम्कीचुहा नगरपालीका १ पर्व लम्की एकतानगर सिविर मुक्त कमैया वस्तिका सितादेवि चौधरीको उचारको क्रममा नेपालगञ्ज मेडिकल कोहलपुरमा मृृत्यु भएको हो ।

घाइते चौधरीको लम्कीस्थित लालरत्न अस्पतालमा प्राथमिक उपचारपछि थप उचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरीएको थियो । चौधरीको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेकाकारण उपचारकोक्रममा अस्पतालमा मृत्युभएको थियो ।

ठक्कर दिने मन्जुश्री यातायातको बस र धादिङ नौविसे घर रहेका गाडिचालक ३३ वर्षिय सन्तोष उप्रेतिलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मोतिपुरका इन्चार्ज प्रहरी निरीक्षक मदन कुँवरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया