संविधान संशोधन तुहाए प्रचण्ड सरकार ढाल्ने यादवको चेतावनी


rekha-yadav

काठमाडौं, कात्तिक २५ गते । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले अंगीकृत नागरिकताको बहानामा संविधान संशोधनको काम तुहाए प्रचण्ड नेतृत्वको सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् ।

‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ । विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो’ यादवले भनिन् ।

अंगीकृत नागरिकता मधेशको माग नै नभएको जिकिर गर्दै प्रचण्डले कुनैपनि बहानामा संशोधनलाई ओझेलमा पार्न खोजे सरकार ढाल्ने चेतावनी यादवले दिएकी हुन् । बिहिबार काठमाडौंको धोबिघाटस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरागर्दै फोरमकी केन्द्रीय सदस्य समेत रहेकी यादवले भनिन्,– ‘हामीले माग नै नगरेको एजेन्डा देखाएर नयाँ विवाद सिर्जना गरिएकोले संविधान संशोधन प्रक्रियालाई नै डाइभर्ट गर्न खोजिएको छ ।’

अंगीकृतको ठाउँमा वैवाहिक नागरिकताको प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै उनले हुँदै नभएको मुद्दामा अल्झिएर संशोधनमा ढिलाई स्वीकार्य नभएको बताइन । ‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ । विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो’ यादवले भनिन् ।

कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्तानभए प्रचण्डको विश्वासनीयता गुम्ने भन्दै उनले पटक–पटक भाका सारेर जनतालाई बेवकूफ नबनाउन सुझाव दिइन् । ‘प्रचण्डले कात्तिक महिनाभित्र संशोधन प्रस्ताव दर्तागर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेकोले आफूहरु प्रतिक्षा गरेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया