न्यायिक पुनस्र्थापनाको माग राख्दै मुक्तकमैया आन्दोलनमा


kamaiya

राम दहित
धनगढी, कात्तिक २७ गते । मुक्त घोषणा भएको लामो समय भैसक्दासमेत पुनस्र्थापना हुन नसकेपछि न्यायिक र व्यवस्थित पुनस्र्थापनाको माग राख्दै मुक्तकमैयाहरु पुनः आन्दोलनमा उत्रेका छन् ।

मुक्त घोषणा भएको डेढ दशक बितिसक्दा पनि पुनस्र्थापनाको सत्ता राज्यद्वारा विस्थापन गर्ने रणनीति चालेको भन्दै फेरि पनि आन्दोलनमा उत्रेको मुक्त कमैयाहरुको भनाई छ ।

मुक्तकमैया समाज, कमैया महिला जागरण समाज, मुक्तकमैया यूवा जागरण समाज, कमैया प्रथा उन्मुलन समाज, मुक्तकमैया, महिला विकास मञ्च, थारु महिला उत्थान केन्द्र बर्दिया, मुक्त कमैया तथा मुक्त कमलरी नागरिक समाज सञ्जाललगायत मुक्तकमैया हक अधिकारका क्षेत्रमा क्रियाशील संघ–सस्थाको आयोजनामा शुक्रबार धनगढीमा बृहत दबाव ¥यालीसहित आन्दोलन गरेका थिए । धनगढीको ट्राफिक चौराहा देखि सुरुभएको ¥याली जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै तमान राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु कमैया आन्दोलनमा आ–आफ्नो दलको समर्थन रहेको भन्दै आन्दोलनमा सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले राज्यको हेपाहा प्रबृतिकाकारण मुक्तकमैया पुनस्र्थापनामा ढिलाई भएको बताए ।

कोणसभामा नेपाली काँग्रेस कैलाली सचिव दिपक जोशी, नेकपा एमाले कैलालीका दीर्घ जोशी, फोरम लोकतान्त्रिक कैलालीके वरिष्ठ उपाध्यक्ष गयाप्रसाद कुश्मी, नयाँ शक्ति नेपाल कैलाली संयोजक कृष्णकुमार चौधरी (कुन्दन), संघीय समाजवादी पार्टीका होरीलाल चौधरी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्यीय फोनीराम चौधरी, जनमोर्चाका कृष्ण चौधरीलगायत कमैया आन्दोलनमा आफूहरुको साथ सर्मथन रहने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले राज्यको हेपाहा प्रबृतिकाकारण मुक्तकमैया पुनस्र्थापनामा ढिलाई भएको बताए । आफूहरु प्रधानमन्त्री राष्ट्रपतिको पद नमागेको भन्दै हामीहरु बर्षौदेखि आफ्नो हक अधिकार तथा बास, गास र कपासका मागगर्दै आएको उनले स्मरण गराए । तर आज आएर विनापुनस्र्थापना गरी धनगढीको पुरानो एयरपोर्ट र वसन्तटोल मुक्तकमैया शिविरलाई हटाउने षडयन्त्र हुँदै गरेको खुलासा अध्यक्ष चौधरी गरे । ज्यान गएपनि शिविर नछोड्ने र एकबुँदा रगत भएपनि संघर्ष गर्नुपर्ने मुक्तकमैयालाई आह्वान गर्दै उहाँ बस्ती उठाउन जाने जोकोहिलाई प्रतिकार हुनसक्ने चेतावनी दिएका थिए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका नेता तथा थरुहट÷थारुवानका प्रादेशिक संयोजक होरीलाल चौधरी मुक्तकमैया आन्दोलन सबै उत्पीडित वर्गको आन्दोलन रहेको बताए । हाल केही राजनैतिकदल ‘मुखमा राम–राम, बगलमा छुराको काम गरिरहेको टिप्पणी गर्दै उहाँ थारु, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गहरुको अधिकार नदिने पक्षमा रहेकोले अहिलेसम्म पुनस्र्थापनाको काम पुरा नभएको ठोकुवा गरे ।

संयुक्त संघर्ष समितिका कार्यवाहक संयाजक समेत रहेका नयाँ शक्ति नेपालका कैलाली संयोजक कृष्णकुमार चौधरी (कुन्दन) नयाँ संविधान जारी भएपनि मुक्तकमैयालगायत उत्पीडित वर्ग अधिकार नपाएको भनेको कमैयालाई विस्थापित गर्ने षडयन्त्र भएको बताए ।

कोणसभालाई सम्बोधन गर्दै मुक्तकमैया विमला चौधरी मुक्तकमैया पुनस्र्थापनामा राज्य दिनप्रतिदिन गैरजिम्मेवार बज्दैगएको आक्रोश व्यक्तगर्दै आफूहरुलाई डोजर लगाएर विस्थापित गर्न खोजेको बताइन् । जसको विरुद्धमा आफूहरु अब निर्णायक आन्दोलन गर्ने चेतावनी उनले दिईन् ।

त्यसैगरि थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका कार्यवाहक संयाजक समेत रहेका नयाँ शक्ति नेपालका कैलाली संयोजक कृष्णकुमार चौधरी (कुन्दन) नयाँ संविधान जारी भएपनि मुक्तकमैयालगायत उत्पीडित वर्ग अधिकार नपाएको भनेको कमैयालाई विस्थापित गर्ने षडयन्त्र भएको बताए । राज्य कमैयालाई दोस्रो दर्जाको नागरिक जस्तै व्यवहार गरिरहेकोले अब न्यायिक पुनस्र्थापनाका लागि आन्दोलनको विकल्प नरहेको पनि उहाँ बताए ।

कोणसभालाई मुक्तकमैया महिला विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्र चौधरीले पनि सम्बोधन गरेका थिए । माग पुरा नभएपछि दाङदेखि कञ्चनपुरसम्मका कमैयाहरु आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया