कलेजको बस तोडफोड, ड्राइभर चौधरी घाइते


2-2

कारी महतो
चित्तवन, कात्तिक २८ गते । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पर्साबाट टाँडीतर्फ आइरहेको ना ५ ख ३९३६ नम्बरको क्वेष्ट मोडेल कलेजको बस तोडफोड गरेका छन् ।

पूर्वी चितवनको ज्यामिरे र बहेरा चोकको बीचमा रहेको मेट्रोपम्प नजिकै आइतबार ४ः३० बजे बस तोडफोड भएको हो । चल्दै गरेको बसलाई ओभरटेक गरी बसको अगाडिको सिसामा ढुंगा हानेर मोटरसाइकलवाला फरार भएका प्रत्यक्षदर्शीहरुले बताए ।

ढुंगा लागेर बसचालक सन्त चौधरीको पाखुरामा सामान्य चोट लागेको छ । चालककाअनुसार उक्त बस पर्सा बजारबाट मर्मत गरेर टाँडी ल्याउँदै गरेको हो ।

तपाईको प्रतिक्रिया