कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी


garuri

धनगढी, कात्तिक २९ गते । कृषिमन्त्री गौरीशंकर चौधरी थारूले कैलाली जिल्लामा मलको आपूर्तिमा कमी नहुने हुनाले मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको सुपरजोन अवलोकन भ्रमणमा कैलाली पुग्नुभएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

मलको मूल्यबृद्धि भयो भन्दै किसानहरुको गुनासोलाई मध्यनजर गर्दै यूरियामा प्रतिकेजी ४ रुपैया र डिएपीमा प्रतिकेजी २ रुपैयाका दरले मूल्य घटाउन मन्त्रीपरिषदमा छलफल भएको जानकारी दिनुभयो ।

कैलाली जिल्लाका किसानहरुलाई चाहिने मलको आवश्यकता जति आपूर्तिको व्यवस्था मिलाइएको छ उहाँले भन्नुभयो । मन्त्री थारूले कैलालीका किसानहरुलाई यो वर्ष भारतबाट मल ल्याउने वातावरण सृजना नहुने पनि दावी गर्नुभयो ।

मन्त्री थारूले यो वर्ष नेपालमा २ सय मेट्रिकटन मल भित्रयाउने व्यवस्था भइरहेको जानकारी गराउदै नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले मलको मूल्यबृद्धि भयो भन्दै किसानहरुको गुनासोलाई मध्यनजर गर्दै यूरियामा प्रतिकेजी ४ रुपैया र डिएपीमा प्रतिकेजी २ रुपैयाका दरले मूल्य घटाउन मन्त्रीपरिषदमा छलफल भएको जानकारी दिनुभयो ।

नेपालमा आग्रगनिक मलको उत्पादन राम्रो भएपनि कति जमिनमा कति मल प्रयोग गर्ने भन्ने निर्धारण भइनसकेकाले त्यसको निर्देशिका चाँडै तयार पार्ने अस्वासन उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया