लोकतान्त्रिक आदिबासी जनजाति महासंघको अध्यक्षमा पुनः गुरुङ


ps-gurung

काठमाडौं, कात्तिक ३० गते । नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । महासंघको पदाधिकारीमा दुईजना थारु चयन भएका छन् ।

महासंघको महासचिवमा पोलिटब्युरो सदस्य परशुमेघी गुरुङ चयन हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ, उपाध्यक्षहरुमा क्रमशः चित्र थापा, पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो, कृपाशुर शेर्पा, शरण राई, झकबहादुर थापा र शान्ता चौधरी निर्वाचित भएका छन् ।

एक सय एक सदस्यीय केन्द्रीय समितिमा खुला तथा प्रदेशबाट ६७ जना चुनिएका छन् भने बाँकी ३४ सदस्य महासंघमा आबद्ध ३४ घटक संगठनका अध्यक्ष हुने व्यवस्था छ ।

दुई महासचिवमा टाँसी लामा र विजय लेप्चन रहेका छन् । त्यसैगरी चार सचिवमा पिके राई, देवराज राई, रामचन्द्र बल र शारदा कुमाल चयन भएका छन् । १८ सदस्यीय पदाधिकारीको कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।

एक सय एक सदस्यीय केन्द्रीय समितिमा खुला तथा प्रदेशबाट ६७ जना चुनिएका छन् भने बाँकी ३४ सदस्य महासंघमा आबद्ध ३४ घटक संगठनका अध्यक्ष हुने व्यवस्था छ । गठन भएको १० वर्षपछि आयोजित पहिलो महाधिवेशनले मुख्य पदमा पुरानै नेताहरूलाई दोहो¥याएको छ।

‘पार्टीभित्र एकताको सन्देश दिने गरी कमिटी सर्वसम्मत निर्वाचत गरिएको हो,’ केन्द्रीय सदस्य शिव गुरुङले भन्नुभयो, ‘एक पक्षले मात्रै जित्ने र राम्रो मानिस पाखा लाग्ने अवस्था नआओस् भनेर सर्वसम्मत निर्वाचित गरिएको हो ।’

तपाईको प्रतिक्रिया