पूर्व मुक्त कमैया वसन्ती चौधरीलाई एनपिस अवार्ड


basanti

काठमाडौं, मंसिर १ गते । मुक्तकमैया, कमलरी तथा हलिया प्रथा उन्मुलनकी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा क्याटोगरीमा अवार्ड जितेकी हुन्।

एनपिस नेटवर्कले अवार्ड जितेको घोषणा बुधबार सार्वजनिक गरेको हो। विजेता चौधरीले भोट गरेर सहयोग गर्नुहुने सबैलाई सामाजिक सन्जाल मार्फत् धन्यवाद दिएकी छन्। उनले यो आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्नुहुने एनपिस नेटवर्कलाई धन्यवाद दिएकी छिन्।

को हुन् बसन्ती
बसन्ती चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष एंवम मुक्तकमैया समस्या समाधान आयोगकी केन्द्रीय सदस्य हुन्। उनको नेतृत्वमा रहेको संस्था समाजमा कैलालीका तीन हजार चार मुक्तकमैया सदस्य आबद्ध छन्।

basanti1

जसमा करिब तीन हजार महिला गृहणी छन्। यो संस्थाको सञ्जाल कैलालीको १५ गाविसमा फैलिएको छ। यो संस्थाले घरेलु हिंसा, कमलरीमाथिको दुर्व्यहावर र विभिन्न किसिमका विभेद्विरुद्ध पनि आवाज उठउँदै आएको छ। यो संस्थाले मुक्त कमैया कमलरी माझ विभिन्नखालका प्रशिक्षण पनि चलाउँदै आएको छ।

मुक्त कमैया परिवारकी एक सदस्य चौधरी शुरुवातीकालमा पहुरा साप्ताहिकमा समाचारदाताको भूमिका निभाएकी थिइन । सामान्य पत्रकारिता तालिम समेत लिएकी चौधरी पछि कमैयासँग सम्बन्धित संघ संस्थामा काम गर्न गएकी थिइन् । उनी एउटा कमैया परिवारकी सदस्यसँगै पूर्व पत्रकार समेत हुन् ।

तपाईको प्रतिक्रिया