थरुहट संघर्ष समितिको एक महिने आन्दोलनको कार्यक्रम पुनः घोषणा

समितिको आन्दोलनः सिङ न पुच्छर


sam_4902

काठमाडौं, मंसिर ३ गते । टीकापुर घटनामा संलग्न रहेको आशंकामा थरुहट नेता तथा कार्यकर्तामाथिको सरकारी मुद्दा खारेजीको दवावस्वरुप थरुहट थारुवा संयुक्त संघर्ष समितिले पुनः एक महिने दवावमूलक आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समिति केन्द्रले शुक्रबार विज्ञप्ती जारीगर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । तर आन्दोलन हिजोको प्रकृतिकै जस्तै रहेकाले आन्दोलनको दवाव सरकारलाई पर्नेमा भने आशंका कायमै छ । सडकमा पन्ध्र विसजनाको उपस्थितिमा लालटीन बालेर प्रदर्शन गर्नु र हातमा प्लेकार्ड प्रदर्शन गरेर नाटक मञ्चन मात्र गर्ने हो भने आन्दोलनको कुनै सकारात्मक प्रभाव पर्ने देखिदैन ।

केन्द्रले आन्दोलनको घोषणा गर्ने तर केन्द्रीय नेताहरु नै प्रदर्शनमा उपस्थित नहुने हिजोको गतिविधिलाई सच्याई अगाडि बढनसकेमा आन्दोलनको केही प्रभाव पर्ला तर हिजोकै प्रकृतिको दवाव कार्यक्रम गर्ने हो भने पुनः संघर्ष समितिले काठमाडौंमा थारुको बेइज्जत मात्र गर्नेछ ।

उपत्यकामा करिब डेढलाख थारु रहेको अनुमान गरिन्छ तर प्रदर्शनमा पन्ध्र विसजना मात्र देखिन्छन् । त्यसले थारुको अधिकार सुनिश्चित गर्दैन वल्की बेइज्जत मात्र गर्नेछ । त्यही प्रकृतिको आन्दोलन पुनः नहोस् भन्नेमा आयोजक सचेत हुनुपर्छ ।

उपत्यकामा करिब डेढलाख थारु रहेको अनुमान गरिन्छ तर प्रदर्शनमा पन्ध्र विसजना मात्र देखिन्छन् । त्यसले थारुको अधिकार सुनिश्चित गर्दैन वल्की बेइज्जत मात्र गर्नेछ । त्यही प्रकृतिको आन्दोलन पुनः नहोस् भन्नेमा आयोजक सचेत हुनुपर्छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीको हस्ताक्षर रहेको विज्ञप्तीमा मंसिर १० देखि ३० गतेसम्म प्रदर्शन, सत्याग्रह एवं भद्र अवज्ञा कार्यक्रम गर्ने योजना रहेको छ । तर त्यसलाई प्रभावकारी कसरी बनाउने हो भन्नेमा संघर्ष समिति खासै आन्तरिक छलफल र तयारी गरेको देखिएको छैन । एउटा थारुले अर्को थारुलाई टेरपुच्छर नलाउने र सीमित खल्तीका दुई चारजनालाई रोडमा उतारेर आन्दोलन गर्ने हो भने त्यस्को खासै प्रभाव पर्ने देखिदैन ।

आन्दोलनको कार्यक्रमअनुसार मंसिर १०, १७ र २४ गते ललितपुरको पुल्चोकमा रहेका संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि लालटिन जुलुश प्रदर्शन गर्ने कार्यक्रम समितिले तयगरेको छ । यसअघि पनि समितिले सो कार्यालयसहित बालुवाटार, सिंहदरवार, बानेश्वर लगायतको ठाउँमा लालटिन जुलुश सहित प्रदर्शन गरेको थियो । तर प्रदर्शनमा निकै पातलो उपस्थितिले दवावको कार्यक्रमले उल्टै थारु आन्दोलनको धज्जी उडाएको थियो ।

सामाजिक सञ्जालमै सीमित आन्दोलनको प्रकृतिलाई संघर्ष समितिले बदल्न नसक्ने हो भने आगामी आन्दोलनको पनि खासै अर्थ रहने छैन । मंसिर १०, १७ र २४ गते नै थरुहट जिल्लाको प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राजमार्ग र गाउँ टोलमा समेत प्रदर्शन गर्ने योजना संघर्ष समितिले बनाएको छ । त्यस्तै यसअघि सरकारलाई बुझाएको १३ बुँदे मागबारे जनजागरण कायम गर्न प्रचारात्मक अभियान गर्ने पनि समितिले जनाएको छ ।

संघर्ष समितिको विज्ञप्तीको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया