चित्तवनका थारुले गरे खिचरा महोत्सवको तयारी शुरु


khichra

सन्तकुमार चौधरी
खैरहनी (चितवन), मंसिर ४ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा वर्षेनी आयोजना हुँदैआएको खिचरा महोत्सवको तयारी यस वर्ष पनि सुरुभएको छ । यो पटक महोत्सव एकसाता सम्म चल्ने बताइएको छ ।

थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न सभाकै सभापति महतोको संयोजकत्वमा ३०१ सदस्य रहने गरी मूल समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले यो वर्ष पौष २८ गतेदेखि माघ ५ गते सम्म चौथौं खिचरा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ ले यो वर्षको महोत्सवलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन अहिले देखि नै तयारी थालेको हो । महोत्सवलाई व्यवस्थित बनाउने विषयमा थाकसले थारु समुदायका अगुवाहरुसँग शनिवार छलफल गरेको छ ।

महोत्सव आयोजना हुनेस्थल खैरहनी उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको छलफल कार्यक्रममा यो पटक थारु समुदायको कला संस्कृति संगै आर्थिक गतिविधिलाई समेत समेट्न आयोजकलाई सुझाव दिएका छन् ।

थारु समुदायको परम्परागत पेशा कृषिलाई समेत यो पटकको महोत्सवमा उच्च प्राथमिकतामा राख्न सुझाएका छन् । थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न सभाकै सभापति महतोको संयोजकत्वमा ३०१ सदस्य रहने गरी मूल समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले यो वर्ष पौष २८ गतेदेखि माघ ५ गते सम्म चौथौं खिचरा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया