एक हजार चारसय ७२ जना पत्रकारले दुर्घटना विमा गराए

हालसम्म एकजना पत्रकारले लाभ लिए


fnj1

काठमाडौँ, मङ्सिर ५ गते । ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदाका बखत कुनै दुर्घटनामा परी चोटपटक लागेको वा अङ्गभङ्ग भएको अवस्थामा औषधोपचारको व्यवस्था गर्न तथा त्यस्तो दुर्घटनाका कारणबाट उनको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति प्रदान गरी पत्रकारको आर्थिक सुरक्षा तथा पेसागत व्यावसायिकता अभिवृद्धिमा सहयोग पु¥याउन यो कार्यक्रम सुरु गरिएको पत्रकार महासङ्घले जनाएको छ ।

बीमा कार्यक्रममा सहभागिताका लागि नेपाल पत्रकार महासङ्घले महासङ्घका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा कार्यरत पत्रकारले आ–आप्mनो शाखा तथा संस्थामार्पmत प्रक्रिया पु¥याई २०७३ साल मङ्सिर १५ गतेभित्र महासङ्घमा पठाउन सूचना जारी गरेको महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

यस वर्षको बीमाका लागि एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडसँग सम्झौता भइसकेको छ । गतवर्ष पनि सोही कम्पनीसँग सम्झौता गरिएको थियो । क्यामेरा वा रेकर्डरजस्ता साम्रगी नष्ट भएको भन्दा पनि पत्रकार (व्यक्ति) को मात्र बीमा गरिँदै आएको सूचना विभागले जनाएको छ ।

विसं २०७२ मङ्सिरदेखि सुरु गरिएको बीमा कार्यक्रमबाट अहिलेसम्म रूपन्देहीका पत्रकार भरत केसीले मात्र लाभ लिनुभएको छ । उहाँलाई मोटरसाइकल दुर्घटना पर्दा दुई लाख रूपैयाँ उपलब्ध गराइएको थियो ।

एनएलजीका बजार परामर्शदाता विक्रान्त पाण्डेले पत्रकार दुर्घटना बीमा उपलब्धिमूलक र उत्साहजनक रहेको बताउनुभयो । “यो पत्रकार दुर्घटना बीमालाई सहरमा मात्रै हैन मोफसलमा पु¥याउनुपर्छ” – उहाँले भन्नुभयो ।

विसं २०७२ मङ्सिरदेखि सुरु गरिएको बीमा कार्यक्रमबाट अहिलेसम्म रूपन्देहीका पत्रकार भरत केसीले मात्र लाभ लिनुभएको छ । उहाँलाई मोटरसाइकल दुर्घटना पर्दा दुई लाख रूपैयाँ उपलब्ध गराइएको थियो । गतवर्ष बीमाका लागि भने दुईजनाको दाबी परेको परामर्शदाता पाण्डेले जानकारी दिनुभयो ।

बीमित पक्षको दुर्घटनाकोकारण मृत्यु भएमा पाँचलाख रूपैयाँ र दुर्घटनापछि उपचार सुविधा रू दुई लाखसम्मको रहेको यो बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउने महासङ्घको योजना रहेको छ । बीमामा सहभागी हुन सूचना विभागबाट जारी गरिने प्रेस परिचयपत्र र नेपाल पत्रकार महासङ्घको सदस्य हुनुपर्ने व्यवस्था छ ।

“निर्देशिकामा बीमाका लागि सूचना विभागको प्रेस परिचयपत्र र महासङ्घको सदस्य भएको हुनुपर्ने व्यवस्था छ, यसले सबैलाई समेट्न नसक्दा अलि समस्या भएको देखिएको छ, निर्देशिकालाई परिमार्जन गरी बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यापक बनाउने दिशामा महासङ्घ लागिरहेको छ”–कोषाध्यक्ष गौतमले भन्नुभयो ।

श्रमजीवी पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ ।

“जुन उत्साहले बीमा कार्यक्रम ल्याइएको थियो, अहिलेसम्मको अवस्थालाई हेर्दा आशा गरेअनुसार बीमा भएको पाइँदैन, तर अब व्यापकता र निरन्तरता दिन आवश्यक छ” – सूचना विभागका महानिर्देशक रघुराम विष्टले भन्नुभयो ।

त्यसैगरी, श्रमजीवी पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ । कार्यान्वयनका बारे सूचना तथा सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपछि पत्रकाआधारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउन एक हप्ताभित्रमा कार्यदल बनाउने तयारी गरिरहेको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, पत्रकार महासङ्घ र सम्बन्धित सङ्घसंस्थाको सहभागितामा कार्यदल बनाउनेबारे छलफल भइरहेको सल्लाहकार पौडेलको भनाइ छ । चालु आवको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा तत्कालीन सरकारले गरेको थियो । पत्रकारको उपचार खर्चमा ५० प्रतिशत छुटलाई जतिसक्दो चाँडो व्यावहारिक रूपमा कार्यान्वयनका लागि पत्रकार महासङ्घले पहल गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया