संशोधनको नाममा संविधान असफल बनाउने षडयन्त्रः भट्टराई


yogesh

काठमाडौं, मंसिर ५ गते । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको बहानामा वर्तमान सरकार संविधान नै असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल संशोधनमा नाममा भएको षड्यन्त्रप्रति सचेत रहन आग्रह गर्नुभयो ।
‘प्रतिगामीहरुले संविधान असफल बनाउने षड्यन्त्र गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘प्रचण्डजी देउवा र मधेसी मोर्चाजस्ता पश्चगामीलाई रोज्नुहुन्छ कि एमालेजस्तो अग्रगामीलाई, निर्णय गर्नेबेला आएको छ ।’

भट्टराईले माओवादीको का“धमा बन्दूक राखेर प्राप्त उपलब्धी नष्ट पार्ने योजना विभिन्न शक्तिकेन्द्रहरुले गरिरहेको आशंका व्यक्त गर्नुभयो । संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषयहरु समावेश गर्न खोजिएको भन्दै उहाँले त्यसको साक्षी एमाले नबन्ने बताउनुभयो ।

‘एमालेका एकजना पनि सांसद संसदमा भएसम्म हस्ताक्षर गर्दैनौं,’ भट्टराईले भन्नुभयो, संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरु ल्याउने काम गरिएको छ । शासकीय र निर्वाचन प्रणालीका त्रुटिहरु सच्याउनुपर्नेमा उहाँले जोड दिनभयो ।

‘एमालेका एकजना पनि सांसद संसदमा भएसम्म हस्ताक्षर गर्दैनौं,’ भट्टराईले भन्नुभयो, संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरु ल्याउने काम गरिएको छ । शासकीय र निर्वाचन प्रणालीका त्रुटिहरु सच्याउनुपर्नेमा उहाँले जोड दिनभयो ।

कार्यक्रममा पूर्वउद्योग मन्त्री महेश बस्नेतले अहिलेको सरकारले चीन विरोधी क्रियाकलाप खुलमखुल्ला गरेको भन्दै आलोचना गर्नुभयोे । ‘शेरबहादुरजीले दलाई लामाका प्रतिनिधिलाई भेटेर छिमेकीलाई चिढ्याउने काम गरेका छन्,’ बस्नेतले   भन्नुभयो ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा संघले सशक्त खबरदारी कार्यक्रम गर्ने बताउनुभयो । युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले मुलुकलाई हानि हुने विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवाहरुलाई अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया