धर्नामा बस्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको द्वण्द्वपीडितको गुनासो


dwanda-pidit

काठमाडौं, मंसिर ७ गते । द्वण्द्वपीडित सुरक्षा परिवार संघका परिवारलाई सुरक्षाकर्मीले गरेको धरपकडप्रति पीडित परिवारले आपत्ति जनाएका छन् । संघले मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै धरपकडको विरोध गरेको हो ।

संघको तर्फबाट विहान द्वण्द्वपीडित परिवारका सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफ्ना मागहरु राखेका थिए । प्रधानमन्त्री दाहालले उनीहरुको मागबारे आफू गम्भिर रहेको र छिट्टै क्याबिनेटमा छलफल गरी केही कामगर्ने आश्वास दिनुभएको थियो ।

अध्यक्ष दाहालले बिहान प्रधानमन्त्रीसँग भेटगर्दा प्रधानमन्त्री सकारात्मक देखिनु भएपनि बाहिर सुरक्षाकर्मीले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप उहाँले लगाउनुभयो ।

प्रधानमन्त्री दाहालले आश्वासन दिएपनि शान्तिपूर्ण तवरले धर्नामा बसेका पीडितलाई सुरक्षाकर्मीले धरपकड गरेको आरोप पीडितहरुको छ । संघकी अध्यक्ष बिना दाहालले शान्ति सम्झौता भएको १० बर्ष पुगेको अवसरमा प्रधानमन्त्रीलाई भटेर आफ्ना मागहरूको बारेमा राय लिने उद्देश्यकासाथ पीडितहरु बालुवाटार पुगेको बताउनुभयो ।

अध्यक्ष दाहालले बिहान प्रधानमन्त्रीसँग भेटगर्दा प्रधानमन्त्री सकारात्मक देखिनु भएपनि बाहिर सुरक्षाकर्मीले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप उहाँले लगाउनुभयो ।

कार्यक्रमममा पीडित परिवारकी सदस्य रामकुमारी थापाले सुरक्षाकर्मीले आफूहरुमाथि ज्यादती गरेको आरोप लगाउनुभयो । पीडित ममता नगालले शान्तिपूर्ण तरिकाले धर्नामा बसेका एकल महिलामाथि अपशब्द प्रयोग गर्दै सुरक्षाकर्मीले हात हालेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया