आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा, तयारी तिव्र


nefin

सन्तकुमार चौधरी
चितवन, मंसिर ९ गते । नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन चितवनको नारायणगढमा हुने भएको छ । यो पटक नेपाल आदिवासी जनजाति महासंघको बन्दसत्र नारायणगढस्थित नारायणी कलामन्दीरमा आयोजना गर्ने तयारी गरिएको छ । यसअघि आठौं महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा आयोजना गरिएको थियो ।

बन्दसत्र पूर्व विभिन्न जातजातिका झाँकीसहित ¥यालीले बजार परिक्रममा गर्नेछन् । महाधिवेशनको नवौं महाधिवेशनको उद्घाटन वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा हुने महासंघका महासचिव पेम्पा भोटेले जानकारी दिनुभयो । उहाँकाअनुसार यो पटकको महाधिवेशनको मुख्य ऐजण्डा संविधान संशोधनदेखि राजनीतिक परिवर्तन र जनजातिका सवालहरु हुनेछन् । उद्घाटनपूर्व भरतपुर, नारणगढ गरी तीनवटा क्षेत्रवाट बृहत ¥याली निकालिने तयारी भएको छ ।

यो पटकको उद्घाटनसत्रलाई शक्ति प्रदर्शनकोरुपमा लिइएकोकारण गाउँगाउँबाट हजारौं आदिवासी जनजातिलाई वीरेन्द्र क्याम्पसको परिसरमा उतारिने तयारी गरिएको छ । महाविधेनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आउनुहुने कार्यक्रम   छ । महाधिवेशनको तयारी अन्तर्गत आर्थिक संकलन, अतिथि आमन्त्रण देखि ७१ वटा जिल्ला शाखालगायत विदेशमा भएका विभागलाई समेत परिपत्र गर्ने कार्य तीब्र भइरहेको छ ।

महाधिवेशनमा यो पटक ७१ वटा जिल्ला शाखा, प्रतिष्ठान लगायत विदेश विभागसँगै अन्य भातृसंगठनका प्रतिनिधि गरि ५ सय ५० भन्दाबढी प्रतिनिधि पर्यवेक्षकहरुले सहभागीता जनाउँदै छन् । महाविधेनका लागि ५० लाख आर्थिक संकलन गर्ने लक्ष्य रहेको महासंघका केन्द्रीय कोषाध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव भोटेले यो पटकको महाधिवेशनले संघीय संरचनाकै आधारमा नयाँ नेतृत्व चयन गर्नेछ । संघीयताकै आधारमा केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यहरुमा थपघटन हुनेछ ।

महाधिवेशनमा यो पटक ७१ वटा जिल्ला शाखा, प्रतिष्ठान लगायत विदेश विभागसँगै अन्य भातृसंगठनका प्रतिनिधि गरि ५ सय ५० भन्दाबढी प्रतिनिधि पर्यवेक्षकहरुले सहभागीता जनाउँदै छन् । महाविधेनका लागि ५० लाख आर्थिक संकलन गर्ने लक्ष्य रहेको महासंघका केन्द्रीय कोषाध्यक्ष जगत बरामले जानकारी दिनुभयो । यसअघि आठौं महाधिवेशन सफतापूर्वक सम्पन्न गरेको चितवन शाखाले नवौं महाधिवेशन गर्ने अवसर पाएकोमा चितवन समन्वय परिषदका अध्यक्ष पदमवहादुर गुरुङले खुशी व्यक्त गर्नुभयो ।

चितवनमा आयोजना हुनलागेको महाधिवेशनलाई पूर्ण सफल बनाउन यहाँका स्थानीयलाई आवश्यक सहयोगका लागि अध्यक्ष गुरुड्डले आग्रह गर्नुभयो । कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया