प्रधानमन्त्री प्रचण्डको आग्रह, ‘यस पटक एमालेले मलाई साथ दिनुपर्यो’


_dsc9188
लक्की चौधरी
काठमाडौं, मंसिर ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र पूरक बजेट ल्याउने विषयमा सहयोग गरिदिन प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सँग पुनः आग्रह गर्नुभएको छ । ‘देशलाई निकास दिन मधेसवादी दललाई सहमतिमा ल्याउनै पर्ने भएकाले एमालेको साथ अपिरहार्य छ’ बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेका नेतासँग आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार भएको दुई दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो आग्रह गर्नुभएको थियो । “यस पटकका लागि एमालेले संविधान संशोधन र पूरक बजेट ल्याउनमा सहयोग गरिदिनुप¥यो, मिलेरै जाउँ” प्रचण्डले बैठकमा एमाले नेताहरुसँग आग्रह गर्नुभएको बैठकमा सहभागी एक नेताले भन्नुभयो ।

एमाले उपाध्यक्ष बामदेव गौतमकाअनुसार प्रधानमन्त्री प्रचण्डले निकै लचिलो भएर एमालेका नेताहरुसँग सहयोगको आग्रह गर्नुभएको  थियो । “यस पटकका लागि संयमित भइदिनु प¥यो कमरेडहरु !, देशलाई निकास दिन पनि मधेसलाई सहमतिमा नल्याई भा’छैन” प्रधानमन्त्री दाहालले बैठकमा आग्रह गर्नुभएको नेता गौतमले जानकारी दिनुभयो ।

तर जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा सरकारले एमालेको चित्त बुझाउन नसकेको, सिमाङ्कनको विषयमा निर्णय गर्न संवैधानिकरुपमा नमिल्ने भन्दै एमालेले त्यसमा सहयोग नगर्ने जवाफ दिनुभएको थियो । “देश र जनताको विपक्षमा आउने संशोधन प्रस्तावलाई एमालेले समर्थन गर्दैन, सीमा परिवर्तन पनि अहिले हुन सक्दैन” भन्दै अध्यक्ष ओलीले एमाले आफ्नो अडानमा दृढ रहेको जवाफ दिनुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले राख्नुभएको संशोधनको प्रस्तावलाई एमालेले कुनै पनि हालतमा संसद बैठकबाट पास हुन नदिने बैठकमा जवाफ फर्काएको उपाध्यक्ष गौतमले बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले राख्नुभएको संशोधनको प्रस्तावलाई एमालेले कुनै पनि हालतमा संसद बैठकबाट पास हुन नदिने बैठकमा जवाफ फर्काएको उपाध्यक्ष गौतमले बताउनुभयो । “सरकारले संशोधन प्रस्ताव ल्याउन सक्छ, यो सरकारको अधिकार पनि हो तर हामी त्यसलाई समर्थन गर्न सक्दैनौं, त्यसको विपक्षमा उभिन्छौं” बैठकमा आफूहरुले प्रधानमन्त्रीलाई भनेको नेता गौतमले जानकारी गराउनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याउने संशोधन प्रस्तावमा मधेसवादी दलले सहमति जनाए प्रस्ताव संसदमा दर्ताहुने तर सहमति नजनाए दर्ता नहुने जानकारी एमाले नेताहरुलाई दिनुभएको थियो । तर उहाँले अन्तिम समयसम्म एमालेसँग संशोधनको पक्षमा आग्रह गर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले अन्तिम समयसम्म एमालेको निर्णयमा परिवर्तन नआउने जवाफ दिनुभएको थियो ।

उपाध्यक्ष गौतमकाअनुसार सरकारले ल्याउन लागेको संशोधन प्रस्तावअनुसार अगाडि बढे देश वर्वाद हुनेछ । संशोधन प्रस्ताव अरुको आग्रह र इन्टरेष्टमा देखिएकाले पनि एमालेले त्यसमा समर्थन नगर्ने उहाँले प्रष्ट पार्नुभयो । नयाँ संविधान कार्यान्वयन गर्न छाडि विनाआधार नै संविधान संशोधन गर्न सक्ने अवस्था नरहेकाले एमालेले त्यसमा साथनदिने उहाँले प्रष्ट पार्नुभयो ।

उपाध्यक्ष गौतमकाअनुसार सरकारले ल्याउन लागेको संशोधन प्रस्तावअनुसार अगाडि बढे देश वर्वाद हुनेछ । संशोधन प्रस्ताव अरुको आग्रह र इन्टरेष्टमा देखिएकाले पनि एमालेले त्यसमा समर्थन नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्को प्रस्ताव पूरक बजेट ल्याउने विषयमा राख्नुभएको थियो । प्रधानमन्त्री भएपछि जनतासँग गरेको प्रतिवद्धता र राजश्वबाट उठेको रकमलाई खर्च गर्नुपर्ने भएकाले पुरक बजेट ल्याउनमा सहयोग गरिदिन प्रधानमन्त्रीले एमालेका नेतासँग अर्को प्रस्ताव गर्नुभएको थियो । तर सो विषयमा पनि एमालेका नेताले समर्थन जनाउनु भएन ।

उपाध्यक्ष गौतमकाअनुसार पूरक बजेट ल्याउनुपर्ने आवश्यकता एमालेले देख्दैन, ल्याउनै परेपनि ऐन कानूनले ल्याउन दिन्छ कि दिंदैन त्यस विषयमा पार्टीभित्र छलफल गरेर जवाफ दिने आफूहरुले बैठकमा प्रचण्डलाई बताएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्रीले बैठकमा संविधान संशोधनमा यस पटकका लागि सहयोग गरिदिन एमालेका नेताहरुसँग आग्रह गर्नुभएको थियो । तर एमालेका नेताहरुले संशोधनको प्रस्तावमा सहयोग गर्न नसक्ने जवाफ दिनुभएको जानकारी दिनुभयो ।

संविधान संशोधन प्रस्ताव ल्याउने आग्रहमा एमालेले पार्टीभित्र निर्णय गरिसकेकाले सहयोग गर्न नसक्ने जवाफ नेताहरुले दिनुभएको आचार्यले जानकारी दिनुभयो । त्यस्तै, पूरक बजेट ल्याउने विषयमा भने पार्टीभित्र छलफल गरेर जवाफ दिने एमाले नेताहरुले बैठकमा धारणा राख्नुभएको सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

बैठकमा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय गौतम र भीम रावलको सहभागिता थियो । त्यस्तै, माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महाराको सहभागिता रहेको आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया