पुल निर्माणमा ठेकेदारको चरम लापरवाही, स्थानीय जनता मारमा


pool

धनगढी, मंसिर १० गते । नेपालको बहुप्रतिक्षित आयोजनामध्येको हुलाकी राजमार्ग अन्तर्गत पर्ने पुल निर्माणमा ठेकेदारहरुको चरम लापरवाही देखिएको छ ।

‘मनेहरा र पवेरा मण्डीस्थित पुल निर्माणको ठेक्का पाएका ठेकेदार जगदिश भट्ट हालसम्म गायब हुनुहुन्छ । हामी सम्पर्कका लागि गत जेठ महिनामा सूचना जारी गरेका थियों । तर हालसम्म सम्पर्कमा आउनु भएको छैन ।’

आयोजना अन्तर्गत कैलालीको धनगढी गुरहिचौकदेखि सत्ती बजारसम्मको सडक खण्ड निर्माणमा पुल निर्माण ठेकेदारहरुको ढिलासुस्ती देखिएको छ । जसलेगर्दा समयमा पुल निर्माण नभएपछि सडक निर्माणका काम पनि अलपत्र परेको छ ।

कालोपत्रेको ठेक्का पाएको भारतीय कम्पनी अधिकांश काम पुरा गरेको भएपनि पुल निर्माणका ठेक्का पाएका नेपाली ठेकेदारहरुले अनावश्यक ढिलाई गरेपछि आयोजनाको काम अगाडि बढ्ननसको स्वीकार गर्नुहुन्छ हुलाकी राजमार्ग आयोजना धनगढीका कर्मचारीहरुले ।

आयोजना धनगढीका सवइन्जिनीयर बीरबहादुर कोली पुल निर्माण नभएकोकारण राजमार्ग निर्माणको अवधी लम्बिदैं गएको बताउनुभयो ।
उसरी त, समयमा बजेट निकासा नहुनु पनि आयोजना निर्माणमा ढिलाई हुने अर्को कारण हो, तर निर्माण कम्पनीले समयमा काम नगरेपछि धेरे ढिलाई भएको उहाँ जिकिर गर्नुहुन्छ ।

धनगढीदेखि सत्ती बजारसम्मको ६२ किलो मिटर सडक अरु जिल्लाको तुलनामा तीब्र गतिमा निर्माण भइरहेका छ । हालसम्म बसन्तावन क्षेत्रमा १८ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।

धनगढीदेखि सत्ती बजारसम्मको ६२ किलो मिटर सडक अरु जिल्लाको तुलनामा तीब्र गतिमा निर्माण भइरहेका छ । हालसम्म बसन्तावन क्षेत्रमा १८ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । जुन सडक निर्माणकोक्रममा वन मन्त्रालय र स्थानीयस्तरको विवादकाकारण केही बाधा भएपनि प्रमुख बाधक पुल निर्माण नभएर हो ।

आयोजनाकोअनुसार सडकखण्ड अन्तर्गत १२ स्थानमा पुल निर्माण गर्नुपर्ने देखाउँछ । तर हालसम्म सातवटा पुलको निर्माणको काम मात्रै सम्पन्न भएको छ । धनगढीको मनेहरा, कनरी प्रहरीचौकी नजिकको पुल, हसुलियाको सुर्मीनाला, पवेराको पवेरामण्डी, कटैनी नदिमा समयमा पुल निर्माण नभएपछि पुरा आयोजनाका काममा ढिला भएको छ ।

सवइन्जिनीयर कोली अघि भन्नुभयो–‘मनेहरा र पवेरा मण्डीस्थित पुल निर्माणको ठेक्का पाएका ठेकेदार जगदिश भट्ट हालसम्म गायब हुनुहुन्छ । हामी सम्पर्कका लागि गत जेठ महिनामा सूचना जारी गरेका थियों । तर हालसम्म सम्पर्कमा आउनु भएको छैन ।’

पुल निर्माणमा ढिलाई भएपछि पुरा आयोजनाको काम प्रभावित त भएको छ नै, संगसंगै स्थानीय जनताहरु बढी सास्ती पाउन बाध्य छन् । पुल निर्माण नभएको कारण बर्खायाममा रतनपुर र पवेराका स्थानीयहरु आउजाउ बन्दहुने गर्दछ ।

त्यसैगरि पटक–पटक म्याद सकिएर पनि म्याद थप गरेर कटैनी नदिमा पुल निर्माण गरीरहेको बीपी कन्ट्रक्सन भरतपुर चितवनका ठेकेदार बद्री सिग्देलको लापरवाहीका कारण पुल निर्माणको काम गति नलिएको पनि सव–इन्जिनीयर कोलीको भनाई छ । राजनैतिक आडमा म्याद थप गर्ने र संगै संरक्षण पाइ रहने बताउदै उहाँ ढिलासुस्तीको विरुद्ध स्थानीयस्तरको दबाव पनि आवश्यक हुनुपर्ने उहाँको भनाई छ ।

हुलाकी राजमार्ग अन्तर्गत हसुलियाको सुर्मीनालामा बनेको पुलको वारपार राम्रोसंग माटो पटानीबिनै हिड्ने काम भएको छ । पुलको दायाबाँया ठुलो खाडल रहेकोले दुर्घटना हुने सम्भावाना रहेको छ । त्यस्तै कटैनी नदिनमा पूर्णरुपमा नबनेको पुलबाट खसेर दशैअघि दुईजना घाइते भएका थिए ।

पुल निर्माणमा ढिलाई भएपछि पुरा आयोजनाको काम प्रभावित त भएको छ नै, संगसंगै स्थानीय जनताहरु बढी सास्ती पाउन बाध्य छन् । पुल निर्माण नभएको कारण बर्खायाममा रतनपुर र पवेराका स्थानीयहरु आउजाउ बन्दहुने गर्दछ । साथै बर्षौदेखि धनगढीदेखि सत्ती बजारसम्मको एकदमै छोटो दुरीको यातायात सम्पर्क गर्ने सपना साकार हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया