संशोधन प्रस्ताव विरुद्ध एमालेले सदन, सडक र कानूनी लडाई लड्ने


uml1

लक्की चौधरी
काठमाडौं, मंसिर १५ गते । सरकारले देश र जनताको अहित हुनेगरी संविधानको संशोधन प्रस्ताव ल्याएको भन्दै नेकपा (एमाले) ले विहिबारबाट बस्ने व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । देशलाई सहमति र सहकार्यमा लगेर संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संशोधनको प्रस्ताव ल्याएर मुलुकलाई पुनः नयाँ द्वण्द्व सिर्जना गर्ने प्रयास गरेको आरोप बैठकले लगाएको छ ।

“देश र जनताको पक्षमा नरहेको प्रस्तावको समर्थन एमालेले गर्दैन, भोलिदेखि नै संसद बैठकमा अवरुद्धको सिलसिला जारी हुन्छ” उहाँले भन्नुभयो ।

प्रमुख राजनीतिक दलका नेताहरुको सहमति र सहकार्यमा नयाँ संविधान जारी गरिए पनि कार्यान्वयनको तहमा दलीय सहमतिको अपरिहार्यता देख्दादेख्दै सरकारले प्रमुख प्रतिपक्षीदल एमालेसँग कुनै किसिमको छलफल र समन्वय नगरी एकलौटी हिसावले कसैको निर्देशनमा संशोधन प्रस्ताव ल्याएको एमालेको आरोप छ ।

सरकारले ल्याएको पछिल्लो संशोधन प्रस्तावले राजनीतिक दूरी बढाउनुको साथसाथै मुलुकमा शुसुप्त हुँदैगएको मधेस र तराईमा समेत नयाँ किसिमको टकराव ल्याउने परिस्थिति सिर्जना गर्ने एमालेको ठहर छ । “संशोधन प्रस्ताव संविधानसम्मत छैन, यसले मुलुकमा अर्को कलहको विजारोपण गर्छ” एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो । संशोधन प्रस्ताव देश, जनता र राष्ट्रियताको विपक्षमा रहेकाले एमालेले पारित हुन नदिने उहाँले दावी गर्नुभयो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संशोधन प्रस्तावको विरुद्धमा एमालेले सडक र सदन दुवैबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताउनुभयो । “देश र जनताको पक्षमा नरहेको प्रस्तावको समर्थन एमालेले गर्दैन, भोलिदेखि नै संसद बैठकमा अवरुद्धको सिलसिला जारी हुन्छ” उहाँले भन्नुभयो । सरकारले संशोधन प्रस्ताव फिर्ता नलिंदासम्म एमालेको सशख्त आन्दोलनको कार्यक्रम जारी रहने प्रमुख सचेतक ढकालले बताउनुभयो ।

संसदीय दलको बैठकमा संसदीयदलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण अनुपस्थित रहनुभएको प्रमुख सचेतक ढकालले बताउनुभयो । तर पार्टीकोतर्फबाट उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष गौतमले सांसदहरुलाई निर्देशन दिंदै सशक्त विरोधमा उत्रन आव्हान गर्दै दवावको कार्यक्रम शालील र सभ्य तरिकाले गर्न आग्रह गर्नुभएको थियो । “हिजोको माओवादीको चरित्रजस्तो खुर्सानीको धुलो र कुर्सी भाँच्नेकाम एमालेले गर्दैन तर दवावको कार्यक्रम सशख्त बनाउँछौं” बैठकमा गौतमले धारणा राख्नुभएको ढकालले जानकारी दिनुभयो ।

“हिजोको माओवादीको चरित्रजस्तो खुर्सानीको धुलो र कुर्सी भाँच्नेकाम एमालेले गर्दैन तर दवावको कार्यक्रम सशख्त बनाउँछौं” बैठकमा गौतमले धारणा राख्नुभएको ढकालले जानकारी दिनुभयो ।

सरकारले ल्याएको संशोधन प्रस्तावमा तराई र पहाडलाई अलग गर्नेगरी प्रस्ताव ल्याएकाले त्यो देश र जनताको ठाडो अहितमा रहेको र अवैज्ञानिक रहेकाले त्यसलाई स्वीकार गर्न नसक्ने धारणा गौतमले बैठकमा राख्नुभएको थियो ।

त्यस्तै संसदीयदलको उपनेता सुवासचन्द्र नेम्वाङ्ले संशोधन प्रस्ताव संविधानको मान्यता र भावना विपरित आएकाले त्यसलाई स्वीकार गर्नसक्ने अवस्था नरहेको बताउनुभएको थियो । विधीको शासनको पाठ अरुलाई सिकाउने सरकारले नै संविधानको विपक्षमा गएर संशोधन प्रस्ताव ल्याउनु गलत भएको बताउँदै उहाँले प्रस्ताव प्रमुख दलको सहमतिको स्पिरितभन्दा पनि बाहिर गएर ल्याएको तर्क नेम्वाङ्को    थियो ।

बैठकमा एमालेका सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन बैठकले गरेको र संशोधन प्रस्ताव प्रस्तुत हुन समेत नदिने तयारी एमालेले गर्ने प्रमुख सचेतक ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया