मोर्चाले भन्यो, ‘सरकारी संशोधन प्रस्ताव मधेसी–थारुको पक्षमा छैन’


morcha

काठमाडौं, मंसिर १६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले मंगलबार पेश गरेको संविधान संशोधन प्रस्ताव मधेसी र थारुको हितमा नरहेकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले यथास्थितिमा विधेयकलाई स्वीकार्न नसकिने निर्णय गरेको हो।
मोर्चाले सरकारले आफूहरूसँग छलफल नै नगरी दर्ता गराएको विधेयकले मधेसी, आदिवासी, जनजाति, थारु लगायतले उठाएको मागको सम्बोधन नहुने मोर्चाले ठहर गरेको छ।

यद्यपि, सरकारसँग संवादको ढोका बन्द भइनसकेको मोर्चा नेताहरूले बताएका छन्। प्रधानमन्त्रीसँग विहिबार विहान मोर्चा सम्बद्ध दलका नेताहरु छलफल गर्दैछन् । संशोधन विधेयकबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्ने सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताउनुभयो ।

संविधान संशोधन विधेयक संसदमा पेश भएपछि त्यसका सबै प्रक्रियामा भाग लिने समेत मोर्चाले निर्णय गरेको सुमनले बताए।

madhasi-morcha

तपाईको प्रतिक्रिया