प्रधानमन्त्रीले मधेसी मोर्चालाई भने, ‘प्रस्तावमा सहमति जनाइदिनुस्’


morcha-prachanda

काठमाडौं, मंसिर १६ गते । संविधान संशोधन विधेयकलाई समर्थन गर्दै चुनावमा जान सरकारले राखेको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ठाडै अस्वीकार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाइदिन आग्रह गरेका छन् ।

मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक संसदमा दर्ता गरेको छ । तर, मधेसी मोर्चाले नै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार मधेस केन्द्रित दलका नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकलाई समर्थन गर्न आग्रह गरेका छन् । ‘तपाईहरुकै माग सम्बोधन गर्न प्रस्ताव ल्याएका हौं । सबै माग सम्बोधन हुँदैन भन्ने तपाईहरुलाई थाहा छ ।

जति सरकारले अगाडि बढेर ल्याएको छ, त्यसलाई समर्थन गर्नुस् भनेका छौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले भने । यद्यपि यसमा परिमार्जन कसरी गर्ने भन्नेबारे छलफल गर्न सकिने उनले बताए ।

जति सरकारले अगाडि बढेर ल्याएको छ, त्यसलाई समर्थन गर्नुस् भनेका छौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले भने । यद्यपि यसमा परिमार्जन कसरी गर्ने भन्नेबारे छलफल गर्न सकिने उनले बताए ।

सरकारले संविधान संशोधनसँगै चुनावलाई एकसाथ अघि बढाउन चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावमा जान मधेसी मोर्चालाई प्रस्ताव गरेका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संशोधन विधेयकले हाम्रो माग रौं जति पनि सम्बोधन गरेको छैन । हामी समर्थन गर्न सक्दैनौं ।’ उनले अघि भने, ‘तपाईहरु भ्रममा नपर्नुस् । हामी यो संशोधनको पक्षमा भोट हाल्न सक्दैनौं ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पनि यथास्थितिमा संशोधन स्वीकार गरेर चुनावमा जान नसक्ने बताए । ठाकुरले त चुनाव असफल बनाउने चेतावनी नै दिए।

तपाईको प्रतिक्रिया