यु.एई.को यस वर्षको माघीमा गायक मनोज र वर्षाले धमाका गर्ने


uae

सन्तकुमार चौधरी
चितवन, मंसिर १७ गते । माघीपर्वको अवसरमा प्रत्येक वर्ष युएईमा आयोजना गरिदै आएको विविध कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिने तयारी भइरहेको छ । आयोजक प्रवासी थारु समाज युएइले विविध साँस्कृतिक कार्यक्रमसहित माघीपर्व मनाउने तयारी गरेको छ ।

यो वर्ष १३ जनवरीका दिन स्थानीय समयअनुसार अपरान्ह १ बजेदेखि कार्यक्रम सुरु हुनेछ । काल्र्टन टावर होटलमा यो वर्ष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष किशोर चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रम सफल बनाउन प्रायोजकदेखि अन्य आर्थिक व्यवस्थापन अतिथि आमन्त्रण गर्ने काम भइरहेको छ ।

थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराकासाथ आयोजना गर्न लागिएको कार्यक्रममा सांगेतीक प्रस्तुती विशेष रहनेछ । प्रफेक्ट गुड्स जनरल ट्रेडिड्ड एलएलसीले प्रायोजन गर्ने कार्यक्रममा यो पटक नेपालवाट गायक मनोज महतोलाई निमन्त्रणा गरिएको छ ।

प्रफेक्ट गुड्स जनरल ट्रेडिड्ड एलएलसीले प्रायोजन गर्ने कार्यक्रममा यो पटक नेपालवाट गायक मनोज महतोलाई निमन्त्रणा गरिएको छ । यसैगरी मिस इन्टरनेशनल पिपुल्स च्वाईस बिजेता वर्षा लेखीलाई समेत यो पटक आयोजकले निमन्त्रणा गरेको छ ।

यसैगरी मिस इन्टरनेशनल पिपुल्स च्वाईस बिजेता वर्षा लेखीलाई समेत यो पटक आयोजकले निमन्त्रणा गरेको छ । दुवैले युएईमा आ–आफ्नो प्रस्तुती देखाउने प्रवासी थारु समाज युएईका महासचिव मान महतोले जानकारी दिनुभयो ।

यसअघि गतवर्षको माघी विशेष कार्यक्रमममा नेपालबाट गायक संजय चौधरी र राजनीतिक अगुवा राजकुमार लेखी थारुलाई निमन्त्रणा गरेका थिए । यसअघि युएईमा कार्यक्रम गर्न स्थानीय सरकारले कडाई गरेपछि माघीपर्वको अवसरमा हुँदैआएको कार्यक्रम स्थगीत हुने सम्भावना बढेपनि आयोजक संस्थाले स्थानीय सरकार र नेपाली दुतावाससँगको समन्वयमा कार्यक्रम आयोजना गर्न लागेको संघका सचिव रुपेश चौधरीले जानकारी दिनुभयो ।

माघे संक्रान्तिलाई थारु समुदायले नयाँवर्षको रुपमा मनाउने गर्दछन् । अनदिको चामलको परिकार चिचरसँगै माछा, मासुलगायत मीठा मीठा परिकार खाएर रमाइलो गर्दै यो पर्व मनाउने प्रचलन अनुसार युएईमा रहेका थारु समुदायले यो पर्व भव्यताकासाथ मनाउने गरेका छन् । युएईका विभिन्न शहरहरुमा गरी झण्डै २ हजारको हाराहारीमा थारुहरु कार्यरत्त छन् ।

तपाईको प्रतिक्रिया