कैलाली कञ्चनपुरको माग गर्दै थारु समुदायले गरे २४ गते बन्द आव्हान


tharuhat-pic

कैलाली, मंसिर १७ गते । थरुहट थारुवान संघर्ष समिति कैलालीले सुदूरपश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरलाई प्रदेश नं. ५ मा मिलाउन मागगर्दै दवाव कार्यक्रम सार्वजनिक गरेको छ । त्यसकालागि समितिले २४ गते कैलाली र कञ्चनपुर दुई जिल्ला बन्दको आव्हान गरेको छ ।

संघर्ष समितिले शुक्रबार कैलालीको धनगढीको पत्रकार सम्मेलन गर्दै बन्दको घोषणा गरेको हो । त्यस्तै समितिले १८ देखि २० गतेसम्म क्षेत्रीय भेला गर्ने, २१ गते विरोध सभा, २२ गते मशाल जुलुश गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । समितिले दुई जिल्लामात्र बन्दको आव्हान गरेको बताएको छ ।

समितिका कैलाली कार्यबाहक संयोजक कृष्णकुमार चौधरीका अनुसार गत सालको भाद्र ७ गते भएको टीकापुर घटनामा आशंका गरी पक्राउ गरेकालाई क्षतिपूर्तिसहित तत्काल रिहाई गरिनुपर्ने, पश्चिमको दुई र पूर्वको तीन जिल्ला झापा, मोरङ, सुनसरीलाई पूर्वको तराई प्रदेशमा मिलाउनुपर्ने माग गरिएको छ ।

त्यस्तै, संघर्ष समितिले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, जनसंख्याकै आधारमा राज्यको सबै तहमा समानुपातिक समावेशीकरणको व्यवस्था गरिनुपर्ने, आन्दोलनका क्रममा घाइतलाई औषधि उपचार गरिनुपर्ने, भाद्र ८ गते टीकापुरमा थारुको घरमा गरिएको आगजनी र तोडफोडको उचित क्षतिपूर्ति तथा दोसीलाई कडा कारवाही गरिनुपर्ने माग पनि गरेको छ ।

थारु समुदायले उठाउँदै आएको मागलाई सरकारले वेवास्ता गरिरहेकाले कडा आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको सबै जिम्मेवारी सरकारले लिनुपर्ने संघर्ष समितिको भनाई छ ।

विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ति

मितिः–२०७३÷०८÷१७ गते

सरकार परिवर्तनको क्रममा आन्दोलनकारी सँग ३ वुँदे सहमति गरी अक्षरस पालनाको प्रक्रिया अगाडि बढाउने क्रम संविधान संशोधनको विषयमा आन्दोलनकारी सँग सहमति गरी समाधान हुने किसिमले कञ्चनपुर देखि चितवनसम्मको तराईका जिल्लालाई समटेर पश्चिम तराईमा प्रदेश बनाउने र सुनसरी, मोरङ्ग, झापा सहितको बारासम्मको पूर्वी तराईका जिल्ला समेटेरै अर्को प्रदेश बनाउने प्रतिवद्धतालाई वेवास्ता गरी नवलपरासी देखि बर्दियासम्मको थरुहट तराई जिल्लालाई समेटेर प्रदेश बनाइनु भनेको फेरि पनि कैलाली कञ्चनपुरको उत्पिडित थारु लगायतका जनतालाई अधिकार वाट वञ्चित गराउनु र माथिल्लो सात पहाडि जिल्लाका गरिब बाहुन, क्ष्ोत्री, दलित, आदिवासीलाई हेप्नु सिवाय केही होइन ।

माथिल्लो सात जिल्लालाई कैलाली कञ्चनपुरको भौगोलिक रुपमा दास बनाउने र केहि साशक नेताहरुले आफ्नो नितान्त राजनीतिक स्वार्थ पूर्ति गर्ने प्रक्रिया प्रति हामी थरुहट÷थारुवान आन्दोलनकारी कुनै पनि हालत मान्न सक्दैनौँ । १. कञ्चनपुर कैलाली सहित नवलपरासीसम्म तराईको जिल्ला समेटिएर र पूर्वी तराईको झापा, मोरङ्ग, सुनसरी सहित तराईका जिल्ला समेटेर थरुहट तराईमा दुई प्रदेश निर्माण हुने गरी पूर्ण प्रतिबद्धताका साथ संशोधन प्रस्ताव ल्याइयोस २. मौलिक हकको धारा ४२ कानून बमोजिम संशोधन हुने गरी भनिएकोमा सो सच्याईयोस् ३. जनसंख्याको आधारमा निवार्चन क्षेत्र निर्धारण गरियोस् ४. जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरियोस ५. थरुहट÷थारुवान आन्दोलनको क्रममा आनदोलनकारी माथि लगाएको टिकापुर घटना सहितको सम्पूर्ण मुद्दा निशर्त खारेज गरियोस् ।६. पुर्पक्षका लागि कारागार चलान गरिएका निर्दोष आन्दोलनकारीहरुलाई क्षतिपूर्ति सहित तत्काल रिहाई गरियोस् र फरारको सूचीमा रहेका सम्पूर्ण आन्दोलनकारीहरुको मुद्दा निशर्त खारेज गरियोस ७. आन्दोलनको क्रममा भएका घाइतेहरुको औषधीउपचारमा लागेको खर्चको व्यवस्था गरियोस् ८. २०७२ भाद्र ८ गतेको राज्यको उपस्थितीमा थारु समुदायको घर, व्यापार व्यवसाय लुतपात, आगजनि गर्ने अपराधीहरुलाई कारबाहि गरियोस् र सोहि दिन भएको क्षतिको क्षतिपूर्तिको व्यवस्था गरियोस ९. आन्दोलनको क्रममा भएको समपूर्ण क्षतिहरुको क्षतिपूर्तिको व्यवस्था गरियोस् गरियोस् र फरारको सूचीमा रहेका सम्पूर्ण आन्दोलनकारीहरुको मुद्दा निशर्त खारेज गरियोस लगायतका माग राखि कैलाली जिल्ला प्रशासन कार्यालय मार्फत् सम्माननीय प्रधानमन्त्री ज्यू, लाई मिति २०७३÷०८÷१२ गते कैलाली कञ्चनपुरको बहुसंख्यक जनताहरुको मागलाई स्मरण गराउँदै ज्ञापन पत्र बुझाउँदा बुझाउँदै पनि कैलाली कञ्चनपुरको जनताको जनचाहनालाई वेवास्ता गरिएको सरकारी अपुरो संशोधनको प्रक्रियाको विरद्धमा कैलाली जिल्ला संघर्ष समितिको मिति २०७३÷०८÷१६ गते सुखड्मा बसेको बैठक मार्फत् निर्णय गरि तपशिल बमोजिम आन्दोलनको खाका यस पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको व्यहोरा सम्बन्धीत सबैलाई जानकारी गराउँदछौँ । शान्तिपूर्ण आन्दोलन लाई सहयोग गर्नहुन आम बुद्धिजीवी शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, मजदुर किशान, विद्यार्थी, युवा तथा आम न्याय प्रेमी जनतामा यसै प्रेस विज्ञप्ती मार्फत् आह्वान गदछौँ । र आन्दोलनको क्रममा सिर्जित नकारात्मक क्रियाकलापको सम्पूर्ण जिम्मेवारी राज्यको हुने व्यवहोरा यसै प्रेश विज्ञप्ती मार्फत् जानकारी गराउदछौँ ।

आन्दोलनका कार्यक्रमहरु
१. क्ष्ोत्रीय भेला तथा प्रशिक्षण २०७३÷०८÷१८,१९,२० गते
२. विरोध सभा धनगढीमा २०७३÷०८÷२१ गते
४. मशाल जुलुस २०७३÷०८÷२२ गते धनगढी लगायत कैलाली जिल्ला भरी
५. कैलाली , कञ्चनपुर वन्द २०७३÷०८÷२४ गते

कृष्ण कुमार चौधरी
कार्यवाहक संयोजक
संघीय गठबन्धन
थरुहट÷थारुवान संयुक्त संघर्ष समिति
कैलाली

तपाईको प्रतिक्रिया