नास्ताको पैसा बचाएर च्याउखेती, भयो घरमै मनग्य आम्दानी


mashroom-copy

राम दहित
पवेरा (कैलाली) मंसिर १९ गते । नास्ताका लागि पैसा पाइयो भने सामान्यतः हामीले के नास्ता गरौं भन्ने सोच्ने गर्छौं । तर पवेरा–४ जवदह्वाका स्थानीय महिलाहरु नास्ताको पैसा बचाएर च्याउखेती गरी एक उदाहरणीय काम गरेका छन् ।

सपना नागरिक सचेतना केन्द्रका महिलाहरु आफ्नो नास्ताको पैसा बचाएर च्याउखेती गरी एकतिर उदाहरणीय काम गरेका छन् नै । अर्कोतिर उत्पादन गरेका च्याउ बेचविखन गरी दैनिक मनग्य आम्दानी गरेका छन् ।

केन्द्रकी संयोजक पुष्पा चौधरी सामूहिकरुपमा केही गरौं भन्ने सोचले नास्ताको पैसा च्याउखेती तिर लगाएको बताइन् । उहाँ अघि थपिन्–‘हाम्रो समूह गठन हुने वित्तिकै केही गरौं भन्ने सोच थियो । तर हामीकहाँ आयआर्जनसम्बन्धी कामकालागि लगानीको कुनै श्रोत साधान नै थिएन ।’

हामीसँग न लगानी न त सिकेको कुनै सीप’ संयोजक चौधरी भन्नि । समूहको एक दुईजना उन्नत तरकारीबारे तालिम लिएकोले उहाँ च्याउखेती गर्ने भनि हात हालेको बताइन् । संयोजक चौधरी विउविजनलगायत दैनिक देहारीसहित करिब १२ हजारको लगानीमा च्याउखेती गरेको सुनाइन् ।

केन्द्रकी सचिव मीरा चौधरी च्याउखेती त ग¥र्यो तर उत्पादन भएको च्याउकालागि बजार नपाउने कि भनेर धेरै चिन्ता रहेको बताइन् । तर च्याउकालागि ग्राहक आफै आउने गर्नाले उनले खुशी व्यक्त गरिन् । उत्पादन भएको च्याउ दैनिक ३÷४ किलो विक्री गरिरहेको बताउँदै उनी दुईसयप्रति किलोको दरले १७÷१८ किलो भन्दा बढी बिक्री भएको बताइन् ।

उहाँ तालिम नलिई गरेको च्याउखेतीमा केही समस्या आएको बताउँदै समूहमा कँहीबाट अनुदान र च्याउखेतीका लागि तालिम उपलब्ध भएआउने दिनमा व्यवसायीक खेतीगर्ने सोच रहको बताईन् ।

पवेरा गाविसका सामाजिक परिचालिका निलम चौधरी केन्द्रका महिलाहरु सामूहिक केही गरौं भनि उत्सुक रहेको बताईन् । साथै उहाँले यो साल महिलाहरु च्याउ खेतीलाई व्यवसायीक गर्न गाविसमार्फत योजना मागगर्ने पनि बताईन् ।

पवेरा गाविस सचिव बलराम चौधरी सचेतना केन्द्रका महिलाहरुले च्याउखेती गरी गाविसमा एकदमै उदाहरणीय रहेको बताए । उहाँले आउने दिनमा गाविसमार्फत अनुदान, तालिम दिई लघु उद्यममार्फत च्याउखेतीलाई व्यवसायिकरणतिर लैजाने बताए ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमके कार्यक्रम संयोजक गोमा आचार्य विपन्न महिलाहरुले गरेका काम एकदम सह्रानीय र अरुले सिक्नुपर्ने धारणा सुनाईन् । गरिब अति विपन्न घर परिवारका महिलाले थोरै लगानीमा पनि आयआर्जनतिर केही प्रगती गरेकोमा प्रशंसनीय रहेको बताउँदै संगठित भएमा सबै कामगर्न सक्ने र आफ्नो हकअधिकार पनि सुनिश्चित गर्नसक्ने बताइन् ।

पवेरा गाविस सचिव बलराम चौधरी सचेतना केन्द्रका महिलाहरुले च्याउखेती गरी गाविसमा एकदमै उदाहरणीय रहेको बताए । उहाँले आउने दिनमा गाविसमार्फत अनुदान, तालिम दिई लघु उद्यममार्फत च्याउखेतीलाई व्यवसायिकरणतिर लैजाने बताए ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत विपन्न परिवारका सवाल र पहिचानलगायत समस्याबारे पवेरा ४ जबदह्वा गाउँमा २०७२ चैतमा सपना नागिरक सचेतना केन्द्र गठन भएको हो । सचेतना केन्द्रमा गाउँका अति विपन्न परिवारका २५ जना महिलाहरुको सहभागिता रहेको छ ।

केन्द्रको मासिक चारदिन बैठक हुन्छ भने बार्षिक ५२ साता बैठक बस्नुपर्ने हुन्छ । जुन बैठकमा महिलाहरुकालागि प्रतिमहिला १२ रुपिया नास्ताकालागि पैसा छुत्याइएको हुन्छ । त्यही नास्ताको पैसाले केन्द्रका महिलाहरु च्याउखेती गरेका हुन् ।

बैठकमा महिलाहरुका लागि समस्या र समाधानका सवालबारे रिफ्लेक्ट कक्षा संचालन हुने गर्दछ । बैठकमा निस्केका समस्यालाई सम्बन्धित निकायसम्म पहलको लागि पु¥याउने साथै समस्यालाई न्यूनीकरण पनि गर्ने गरिन्छ । साथै बैठकमा महिलाहरु आफ्नो जीवन भोगाइका घट्ना साटासाट गर्ने गर्दछन् ।

त्यस्तैगरी पवेरा २ बड्कीपलिका गाउँमा पनि गठन भएको चम्पा चमेली नागरिक सचेतना केन्द्रका महिलाहरु आयआर्जन कार्यक्रम अन्तर्गत बंगुरपालन, सिलाई कटाई, बचतलगायत तमान काम गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया