जनजाति महासंघको महाधिवेशन तयारी, प्रधानमन्त्रीले उदघाटन गर्ने


nfdin

सन्तकुमार चौधरी
चित्तवन, मंसिर २० गते । नेपाल आदिवासी जनजाति महासंघको आगामी पुसको पहिलो साता चितवनमा हुन लागेको नवौं केन्द्रीय महाधिवेशनको तयारी तीब्ररुपमा भइरहेको छ । उद्घाटनसत्रको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले बताएको छ ।

महासंघको केन्द्रीय पद्धाधिकारी सहितको टोलीले सोमवार चितवन पुगेर अधिवेशनको तयारीका विषयमा छलफल गरेका छन् । अधिवेशनको उद्घाटन शत्रलाई शक्ति प्रर्दशनकोरुपमा लिएकाकारण चितवन, नवलपरासी र मकवानपुरवाट समेत आदिवासी जनजातिलाई कसरी भरतपुरसम्म ल्याउने विषयमा छलफल भएको हो ।

छलफल कार्यक्रममा चितवनका विभिन्न जातिय संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो । बैठकमा मञ्च व्यवस्थापन, अतिथि व्यवस्थापन सँगै ¥याली व्यस्थापनलगायत यातायात व्यस्थापनको विषयमा समेत छलफल गरेको छ ।

चितवनको भरतपुरमा पौष २ गतेदेखि ४ गते सम्म महाधिवेशन आयोजना हुँदैछ । वीरेन्द्र वहुमुखी क्याम्पस परिसरमा आयोजना हुने उद्घाटनसत्रमा हजारौैं सर्वसाधरणलाई उतारिने केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले जानकारी दिनुभयो ।

चितवनको भरतपुरमा पौष २ गतेदेखि ४ गते सम्म महाधिवेशन आयोजना हुँदैछ । वीरेन्द्र वहुमुखी क्याम्पस परिसरमा आयोजना हुने उद्घाटनसत्रमा हजारौैं सर्वसाधरणलाई उतारिने केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले जानकारी दिनुभयो । शक्ति प्रदर्शनकोरुपमा आयोजना गर्न लागिएकाकारण आ–आफ्नो सक्रिय भएर कार्यक्रमलाई सफल बनाउनेतर्फ योजना बनाएर लाग्न सबै जातिय संस्थाका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

झाँकीसहितको ठूलो मासले बजार परिक्रममा गर्ने कार्यक्रम भएकाले विभिन्न जातजातिलाई आ–आफ्नो भेषभुषासहित महाधिवेशनमा भागलिन उहाँले आग्रह गर्नुभयो । वीरेन्द्र क्याम्पस परिसरमा आयोजना हुने महाधिवेशनको उद्घाटनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आउनुहुने कार्यक्रम तय भइसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीसँगै प्रमुख राजनीतिक दलका पार्टी प्रमुखलाई समेत उद्घाटनसत्रमा निमन्त्रणा गरिएको छ – केन्द्रीय अध्यक्ष कुमालले भन्नुभयो ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरी तयारी थालिएको महासंघका उपाध्यक्ष सूर्यबहादुर भुजेलले जानकारी  दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद चितवनका अध्यक्ष पदम गुरुङले व्यवस्थापनलाई चुस्त बनाउन जातिय संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया