नवलपरासी जोगाउन कल्याणकारिणीसभाले गर्यो आन्दोलन घोषणा


unnamed-1-1

काठमाडौं, मंसिर २१ गते । नवलपरासी पूरै जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारीसभा नवलपरासीले आन्दोलन तथा दवावको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै सभाले कार्यक्रम सार्वजनिक गरेको हो ।

नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएकोमा आपत्ति जनाउँदै सभाले बन्दसम्मको दवावको कार्यक्रम सार्वजनिक गरेको छ । सभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै थारुको आत्मसम्मान, स्वाभिमान र पहिचानलाई समाप्त पार्न नपाइने बताउनुभयो ।

सभापति महतोले अहिलेको सिमाङ्नलाई संशोधन गरी नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा समावेश गर्नेगरी संविधान संशोधन गर्न माग गर्नुभयो । ‘अरु बाँकी ७४ जिल्ला चाँही टुक्र्याउनु नपर्ने तर थारु जातिको ऐतिहासिक थातथलो रहेको नवलपरासीलाई मात्र टुक्र्याउनुपर्ने ?’ जिज्ञासा गर्दै सभापति महतोले भूमिपुत्र थारुमाथि गम्भीर षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।

पुस १ गते नवलपुर क्षेत्रभरी मसालजुलुस प्रदर्शन गर्ने, २ गते पूर्व–पश्चिम राजमार्गमा १ घण्टा चक्काजाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, ४ गते एक दिन नवलपुर क्षेत्र बन्द गर्ने सभाका सभापति महतोले बताउनुभयो ।

थारु कल्याणकारी सभाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमहरुमा मंसीर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँ जनजागरण अभियान सञ्चालन गर्ने, २७ र २८ गते विभिन्न बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तरक्रिया गर्ने, २९ र ३० गते जिल्लास्थित सरकारी कार्यालय घेराउ गर्ने कार्यक्रम सभाले सार्वजनिक गरेको छ ।

सोहीअनुसार पुस १ गते नवलपुर क्षेत्रभरी मसालजुलुस प्रदर्शन गर्ने, २ गते पूर्व–पश्चिम राजमार्गमा १ घण्टा चक्काजाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, ४ गते एक दिन नवलपुर क्षेत्र बन्द गर्ने सभाका सभापति महतोले बताउनुभयो ।

पत्रकार सम्मेलनमा थारुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारु, थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद बृजमोहन चौधारी, सभाका सल्लाहकार पतिराम महतो, थारु विद्यार्थी समाज नवलपरासीका अध्यक्ष राजकुमार थनैत, नयाँ शक्ति नेपाल पार्टीका पिताम्बर महतो, थारु महिला सभाका रेखा पञ्जियार लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया