राम दहित
धनगढी, मंसिर २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि सरकारको तर्फबाट व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ ।
धनगढीमा सुदूर पश्चिम महोत्सवको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उहाँ राष्ट्रलाई एकताबद्ध बनाउनका लागि ल्याइएको संशोधन विधेयक भएको फिर्ता नलिने घोषणा गर्नुभयो । संशोधन विधेयक कुनै अविष्कार गरेर ल्याइएको हैन, यो विधेयक त एमाले अध्यक्ष केपी ओलीद्वारा पहिले गरिएको प्रस्ताव हो, प्रचण्डले भन्नुभयो ।
केपी शर्मा अोलीद्वारा गरिने काम राष्ट्रवादी हुने, तर मेरो ल्याइएको प्रस्ताव अराष्ट्रवादी हुने ? जिज्ञासा गर्दै माओवादी केन्द्रका अध्यक्षमेत रहनुभएका प्रचण्डले सबैपक्षलाई समेट्नकै लागि संशोधन प्रस्ताव ल्याएको दावी गर्नुभयो ।
केपी शर्मा अोलीद्वारा गरिने काम राष्ट्रवादी हुने, तर मेरो ल्याइएको प्रस्ताव अराष्ट्रवादी हुने ? जिज्ञासा गर्दै माओवादी केन्द्रका अध्यक्षमेत रहनुभएका प्रचण्डले सबैपक्षलाई समेट्नकै लागि संशोधन प्रस्ताव ल्याएको दावी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले थारु, मधेशीलगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्नकालागि संविधान संशोधन र सर्वस्वीकार्य बनाउनमा सरकारले जोड दिएको तर्क गर्नुभयो । संविधानलाई पूर्ण कार्यान्वयन र निर्वाचनमा लैजाने सरकारको प्रमुख उद्देश्य हो उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले मुक्तकमैया पुनस्र्थापनाको कार्यक्रमलाई तीब्रता दिने बताउनु भएको छ । पुनस्र्थापनाको कामलाई निष्कर्षमा पु¥याउने जोेडदिदैं उहाँ पुनस्र्थापनाको कार्यक्रमलाई तीब्रता दिने बताउनुभयो । महोत्सव उद्घाटनसत्रका प्रमुख अतिथि रहनुभएका प्रम प्रचण्ड नयाँ नेपालको विकास सुदूरपश्चिम या कर्णाली प्रदेशबाट सुरुगर्ने आफ्नो उद्देश्य रहेको सुनाउनुभयो ।
दिगो शान्तिकालागि आर्थिक समृद्धि’भन्ने मुलनारासहित सुरु भएको महोत्सवमा खुटीयादेखि दिपायल र दिपायलदेखि ताक्लाकोट नाका खोल्ने, दोदोधरा–चाँदनी सुख्खा बन्दरगाह बनाउनकालागि भारत सरकारसंग सहमति भएकोले निर्माणको कार्य अघि बढाउने काम सुरु भएको प्रचण्डले जानकारी दिनु भयो ।
त्यस्तै चमेलिया, पञ्चेश्वर जलविद्युत आयोजना निर्माण, कैलालीमा कृषिजोन स्थापना, मेडिकल कजेल निर्माणको कार्य चाँडै सम्पन्न हुनेपनि जानकारी गराउनु भयो । कैलाली उद्योग बाणिज्यसंघका अध्यक्ष शंकर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्ट, सुदूरपश्चिम विकास आयोगका अध्यक्ष झपट बोहरा, सांसद पुष्करनाथ ओझाले पनि सम्बोधन गर्नुभएको थियो ।
पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा व्यापरिक स्टल, कृषि उपज स्टल, रमाइलो मेला लगायतको स्टल रहेका छन् । मेलालाई करिब पाँचलाखले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । हरेक वर्ष क्यालेन्डरकोरुपमा मनाईने महोत्सवमा करोडौंको कारोबार हुनेगर्छ ।